राजश्वमा आचार्य,भन्सारमा पुडासैनी,यस्तो बन्यो अर्थमन्त्रीको ‘कोर टिम’

अर्थ मन्त्रालय मातहतका महत्वपूर्ण विभागका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । दुई घिमिरेवन्धु सचिव (रामप्रसाद र दिनेशकुमार) लाई अर्थमा भित्र्याएर कर्मचारी हेरफेर शुरु गरेको अर्थमन्त्री विष्णु पौडेलले १५ सहसचिव हेरफेर गरी आफू अनुकुलको टिम निर्माण गरेका छन् ।

बिज्ञापन

एमाले र काँग्रेसको गठबन्धन बनेसँगै ती विभागको नेतृत्वमा रहेका माओवादी निकटका सहसचिवहरुलाई सरुवा गरेर त्यहाँ नयाँ डिजी खटाइएको हो । हालैको क्याविनेटले ती विभागको नेतृत्व गरिरहेका ढुण्डी निरौला र शिवलाल तिवारी लगायतका कर्मचारीलाई सरुवा गरेर त्यहाँ नयाँ कर्मचारीलाई महानिर्देशकको जिम्मेवारी दिइएर पठाइएको हो । अर्थ मन्त्रालयले  मन्त्रिपरिषद्को निर्णय अनुसार सरुवा भइ अर्थ मन्त्रालय आएका सहसचिवहरुको जिम्मेवरी तोकिनुका साथै केही सहसचिवको जिम्मेवारी हेरफेर गरेको हो ।हालैमात्र मन्त्रिपरिषद्को निर्णय अनुसार ५९ सहसचिवहरुको सरुवा हुँदा ८ जना अर्थमा भित्रिएका थिए भने ६ जना अर्थबाट बाहिरिएका थिए ।

बिज्ञापन

अर्थ मातहतकै लाइन मिनिष्ट्री मानिएको आन्तरिक राजश्व विभागमा जानका दीर्घराज,मदन दाहाल र रामप्रसाद आचार्य प्रवल दावेदार रहेका थिए । आचार्यले आन्तरिक राजश्वमा बाजी मारेका हुन । यस्तै भन्सार विभागमा प्रदेशबाट सरुवा भएर अर्थ भित्रिएका पुडासैनीले बाजी मारेका हुन । आन्तरिक राजश्व विभाग, भन्सार विभागका महानिर्देशकहरुमा क्रमश रामप्रसाद आचार्य र हरिशरण पुडासैनीलाई दिइएको हो ।

यस्तै ठूला करदाता कार्यालयको प्रमुखमा रमेश अर्याललाई खटाइएको भने मध्यमस्तरीय कर कार्यालयको प्रमुख बनेर पार्वती शर्मा पुगेकी छिन् । अर्थ मन्त्रालय मातहत २५ सहसचिव कार्यरत छन् जसमा उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा, मदन दाहाल कर्मचारी प्रशासनको हर्ताकर्ता बनेर आएका छन् । थानप्रसाद पंगेनीलाई अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा, महेश भट्टराईलाई अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी दिइएको छ ।
यस्तै दीपक लामिछानेलाई विरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशक, रमेश अर्याललाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी तोकिएको छ।

बिज्ञापन

यसैगरी यमुना प्रधानलाई भन्सार विभागको उपमहानिर्देशक, जनकराज शर्मालाई भन्सार विभागको उपमहानिर्देशक, डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष