प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले ठूलो संख्यामा कर्मचारीहरु सरुवा गरेको छ । मन्त्रालयले प्रशासन सेवा,सामान्य प्रशासन र विविध सेवाका गरी ३२,प्रशासन सेवा इन्जिनियरिङ सेवाका १३३ र अस्थायी गरी कूल २५५ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ ।

बिज्ञापन

मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार ती कर्मचारीहरुको सरुवा गरिएको हो । प्रशासनतर्फ मन्त्रालय, निर्देशनालय तथा जिल्लास्थित डिभिजन कार्यालयहरूमा कार्यरत अधिकृतदेखि कार्यालय सहयोगीसम्म ३२ जना कर्मचारीहरूको जिम्मेवारी तोकिएको हो । शाखा अधिकृतहरू करुणा पराजुलीलाई उपत्यका खानेपानी, सरसफाइ विकास तथा प्रादेशिक समन्वय कार्यालय, भक्तपुर, सपना थापालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, दिवाकर सोतीलाई प्रादेशिक ऊर्जा तथा जलस्रोत विकास समन्वय कार्यालय, भक्तपुरमा जिम्मेवारी तोकिएको

बिज्ञापन

मन्त्रालयले इन्जिनियरिङ सेवाका १३३ प्राविधिक कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । सूची अनुसार वरिष्ठ वरिष्ठ इन्जिनियर विजय श्रेष्ठलाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौँ, शेखर प्रसाद मैनालीलाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन काभ्रे, किरण राज कार्कीलाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन नुवाकोटमा सरुवा गरिएको छ । यस्तै दिलिपकुमार बि।क।लाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौँ, विशाल के।सी।लाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा, कुश बुढाथोकीलाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन दोलखामा सरुवा गरिएको छ ।

यसैगरी सुवास बानियाँलाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन सिन्धुली, केवल पण्डितलाई प्रादेशिक ऊर्जा तथा जलस्रोत विकास समन्वय कार्यालय भक्तपुर, सृष्टि श्रेष्ठलाई भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन सिन्धुपाल्चोक, अचला पौडेललाई प्रादेशिक ऊर्जा तथा जलस्रोत विकास समन्वय कार्यालय भक्तपुर, दीपिका शर्मालाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन काभ्रे, नेशन श्रेष्ठलाई जलस्रोत विकास तथा सिँचाइ व्यवस्थापन डिभिजन चितवन र युगल किशोर रायलाई खानेपानी तथा सरसफाइ डिभिजन सिन्धुपाल्चोकमा सरुवा गरिएको छ ।

बिज्ञापन

मन्त्रालयले २८ जना इन्जिनियर तथा हाइड्रोजियोलोजिस्टलाई पनि सरुवा गरेको छ । जस अनुसार नितु पराजुली, पुष्प भट्टराई, दिनेश अधिकारीलाई प्रादेशिक ऊर्जा तथा जलस्रोत विकास समन्वय कार्यालय भक्तपुरमा पठाइएको छ भने आनन्द पौडेल, अनुपा श्रेष्ठ, विश्वज्योति भण्डारी र हेमराज बोगटीलाई उपत्यका खानेपानी, सरसफाइ विकास तथा प्रादेशिक समन्वय कार्यालय भक्तपुरमा पदस्थापन गरिएको छ ।

यस्तै श्यामकान्त चौधरी (धादिङ), राम गोविन्द शाह (दोलखा), प्रज्ञा आचार्य (काठमाडौँ), महेश कुमार नेपाली (रामेछाप), आकाश श्रेष्ठ (सिन्धुली), दिनेश पोखरेल (नुवाकोट), श्री कुमार लामा (मकवानपुर), मिन बहादुर थापा र प्रतिक्षा पौडेल (चितवन), सुस्मिता लामिछाने र केशवराज आचार्य र विविश प्याकुरेललाई मकवानपुरमा खटाइएको छ भने सुवास अर्याल रामेछाप पुग्दा सोनु थापा सारु सिन्धुपाल्चोकमा पठाइएको छ । यस्तै अजय कुमार यादवलाई रसुवा, रुकेश राजभण्डारीलाई धादिङ खटाइँदा एलिना बेल्वासे रामेछाप र नुवाकोट कामेश्वर दास खटाइएको छ ।
यता,हाइड्रोजियोलोजिस्टतर्फ संजय प्रसाद कुशवाहा र उमा पाण्डेलाई भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन, चितवनमा पदस्थापन गरिएको छ ।
त्यसैगरी मन्त्रालयले ९२ जना सहायक इन्जिनियर तथा सब–इन्जिनियरको पनि सरुवा तथा पदस्थापन गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

बिशेष