सरकारले पर्यटन क्षेत्रका प्रमुख दुई निकाय नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुख नियुक्तिसम्बन्धी व्यवस्थामा परिवर्तन गर्ने गरी अध्यादेशमार्फत दुवै संस्थाको ऐन संशोधन गर्ने प्रक्रिया अगाडि बढाएसँगै सर्ट लिष्टमा परेकाहरुको नाम सार्वजनिक गरेको छ ।
बिज्ञापन
हालैमात्र अध्यादेशमार्फत नेपाल वायुसेवा निगम ऐन २०१९ र पर्यटन बोर्ड ऐन २०५३ मा भएका सामान्य व्यवस्थामा संशोधन प्रक्रिया अगाडि बढाएको थियो । नेपाल पर्यटन बोर्डको सीईओ नियुक्तिका लागि असोज ५ गतेसम्ममा ४२ जनाले आवेदन दिएका थिए । जसमध्ये १६ जना सर्ट लिष्टमा परेका छन् । संष्कृति,पर्यटन मन्त्रालयले पर्यटन वोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन्। जसमा पूर्वमन्त्रीदेखि यस अघिका निमित्त सिइओका अलवा होटल एशोसियनसन नेपालका सीईओसम्म सर्ट लिष्टमा परेका छन् ।
चितवनका आशुतोष प्रधान,उत्तमप्रसाद देवकोटा,धर्मराज दवाडी,इलामका टेकबहादुर महत, मोरङका नोजल कोइराला,काठमाडौंका युविका भण्डारी, राजाराम केसी गोरखाका रामचन्द्र सेढाईं परेका छन् । यस्तै रोहिणीप्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), विनोद अर्याल (पाल्पा), श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), श्रीप्रसाद भट्टराई (रुपन्देही), सन्तोषविक्रम थापा (काठमाडौँ), सुरेशसिंह बुडाल (बैतडी) र हिकमतसिंह ऐर (कञ्चनपुर) संक्षिप्त सूचीमा समावेश भएका छन्।
बिज्ञापन
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्यांकन गर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने १६ जनालाई संक्षिप्त सूचीमा समावेश गरिएको हो। संक्षिप्त सूचीमा परेकामध्ये श्रद्धा श्रेष्ठ पूर्वमन्त्री हुन्। यस्तै ऐर लामो समयदेखि पर्यटन वोर्डमा कार्यरत रहेका उनी केही अगाडिसम्म निमित्त सीइओको भूमिका थिए ।
छनोट उपसमितिले सर्टलिस्टमा परेका उम्मेदवारलाई आगामी मंसिर १० गते बिहान ८ः१५ बजे शैक्षिक योग्यता तथा अनुभवका सक्कल कागजातसहित नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुन सूचित गरेको छ । उनीहरूले उक्त अवसरमा प्रस्तुतीकरणसमेत दिनुपर्नेछ । संक्षिप्त सूचीमा परेका उम्मेदवारलाई आगामी मंसिर १० गते बिहान ८ः१५ बजे नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुन भनिएको छ। बोर्डले गत भदौमा कार्यकारी प्रमुख नियुक्तिका लागि आवेदन आह्वान गरेको थियो।





























