नापी विभागले कर्मचारी सरुवासम्बन्धी मापदण्ड २०८३ जारी गरेको छ । यस अघि भएको कर्मचारी सरुवा बदर गर्दै मन्त्रालयले नयाँ मापदण्ड जारी गरेको हो । निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा (२) तथा निजामती सेवा नियमावली, २०५० को नियम ३६ को अधिकार प्रयोग गर्दै नयाँ मापदण्ड जारी गरेको विभागले जनाएको छ ।
बिज्ञापन
विभागले कार्यालयको कार्यबोझको आधारमा क ख ग र घ बर्गको विभाजित गरेको छ । उच्च अर्थात क र ख बर्गका कार्यालयमा लामो समय काम गरेका कर्मचारीहरुलाई सरुवामा प्रथामिकता दिइने मापदण्डमा उल्लेख छ । सरुवा गर्दा योग्यता,दक्षता र संस्थागत स्मरण उपयोग गरिने,विशेष अनुभवको उपभोग गरिने,एक बर्ष बढी वैदेशिक तालिमको अनुभव भएका कर्मचारीलाई विशिष्ठता र हासिल गरेको ज्ञानको आधारमा सरुवा गरिने मापदण्डमा उल्लेख छ ।
बिज्ञापन
यस्तै,कर्मचारीको सरुवालाई यथासम्भव चक्रीय प्रणालीको आधारमा गर्ने,तोकिएको भौगोलिक क्षेत्रमा न्युनतम सेवा अवधि पूरा गरेका कर्मचारीहरुको सरुवा उनीहरुले माग गरेको कार्यालयमा गर्ने,दुर्गम क्षेत्रमा काम गरेका कर्मचारीहरुलाई सुगम अर्थात उपत्यकामा सरुवा गरिने मापदण्डमा उल्लेख छ । ५० बर्ष पूरा भएका कर्मचारीलाई आफैंले माग गरेको अवस्थामा बाहेक क बर्गको भौगोलिक क्षेत्रमा नखटाइने मापदण्डमा उल्लेख छ । अनिवार्य अवकाशको बर्ष दिन अगाडि कर्मचारीलाई उसले मागेको क्षेत्रमा बाहेक अन्यन्त्र सरुवा नगरिने,श्रेणिबिहिन कर्मचारीहरुलाई सकेसम्म घरपायक सरुवा गरिने मापदण्ड बनाइएको छ ।
उपत्याकास्थित कार्यालयहरुमा सामान्यतया दुई बर्ष पूरा नभएका कर्मचारी सरुवा नगरिने,दुई बर्ष पूरा भएका कर्मचारीलाई अनिवार्य उपत्यका बाहिर पठाइने,उपत्यकाभित्रको एउटा कार्यालयबाट अर्काे कार्यालयमा नघुमाइने, उपत्यकाभित्र दुई बर्ष सेवा गरेका कर्मचारीलाई चार बर्ष उपत्यका बाहिरका कार्यालयमा काम नगरी फेरि उपत्यकामा नल्याइने मापदण्डमा उल्लेख छ ।
यस्तै,उपत्यकाभित्रको एउटा कार्यालयमा काम गरिसकेका कर्मचारीलाई १० बर्ष सोही कार्यालयमा सरुवा नगरिने मापदण्डमा लेखिएको छ । उपत्यकाबाहिरका उच्च कार्यबोझ भएका कार्यालयमा दुई वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य रूपमा सरुवा गर्ने तथा हिमाली र उच्च पहाडी दुर्गम जिल्लाका कार्यालयमा कर्मचारी व्यवस्थापन गर्दा सेवा प्रवाह, कार्यालय सञ्चालन र आवश्यकतालाई आधार मान्ने व्यवस्था पनि मापदण्डमा समेटिएको छ। यसले कार्यालयगत कार्यबोझअनुसार कर्मचारीको आवधिक व्यवस्थापनलाई महत्त्व दिएको छ।
बिज्ञापन
नयाँ मापदण्डले सरुवामा मानवीय तथा पारिवारिक परिस्थितिलाई पनि स्थान दिएको छ। दफा ११ र १२ अनुसार दुर्गम सेवाको अवधि, सेवाको ज्येष्ठता र अनुभव, घरपायक पर्न सक्ने अवस्था, श्रीमान्श्री मती दुवै सरकारी सेवामा कार्यरत रहेको स्थिति, गम्भीर स्वास्थ्य समस्या, गर्भावस्था, अशक्तता वा फरक क्षमता तथा अन्य विशेष अवस्थालाई प्राथमिकता निर्धारणको आधार बनाउन सकिनेछ। यस्तो सुविधा माग गर्ने कर्मचारीले आवश्यक प्रमाण पेस गर्नुपर्ने व्यवस्था छ।





























