सरकारले चालु आर्थिक वर्ष २०८३–८४ को तीन महिनामा खानेपानी आयोजनाका ९२ वटा ठेक्का आह्वान गरेको छ ।
बिज्ञापन
पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले यो जानकारी गराएको हो । विभिन्न जिल्लाका १३ लाख ७२ हजार नागरिकलाई आगामी ३० महिनाभित्र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यले कूल १७ अर्ब १५ करोड रुपैयाँ लागतको ठेक्का आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।
बिज्ञापन
गत आर्थिक वर्ष स्रोत सहमति प्राप्त नभएकाले खानेपानी आयोजनाका कुनै पनि ठेक्का लाग्न सकेका थिएनन् । खानेपानी सेवा प्राथमिकता प्राप्त क्षेत्र भएकोले यस वर्ष ४४ अर्ब रुपैयाँ सम्मको खानेपानी आयोजनाको खरिद प्रक्रियामा जाने तयारी गरेको मन्त्री लम्सालको भनाइ छ ।
बिज्ञापन
सरकारले २०८७ सालसम्म सबै नागरिकको घरमा सुरक्षित खानेपानी सेवा पुर्याउने लक्ष्य राखेकोमा गत आर्थिक वर्षमा स्रोत सहमति नभएकाले खानेपानी आयोजनाको कुनैपनि ठेक्का लाग्न सकेको थिएन । यस आर्थिक वर्षमा ४४ अर्ब रुपैयाँसम्मको खानेपानी आयोजनाको खरिद प्रक्रियामा जाने सरकारको योजना छ ।





























