प्रदेश सरकारले प्रदेशका १४२ वरिष्ठ शाखा अधिकृतहरुको सरुवा तथा पदस्थापन गरेको छ । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूह अन्तर्गतका सातौँ र आठौं तहका १४२ जना शाखा अधिकृतहरूको एकै पटक सरुवा तथा पदस्थापन गरेको हो । सरुवाको सूची अनुसार सबैभन्दा धेरै ७९ जनालाई उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्रालय ९उद्योग, वाणिज्य, पर्यटन तथा यातायात अन्तर्गत पदस्थापन गरिएको छ ।
बिज्ञापन
यस्तै चार जनालाई आर्थिक मामिला मन्त्रालय,केही मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,प्रदेश सुशासन केन्द्र,बागमती प्रदेश सभा,स्वास्थ्य मन्त्रालय,खानेपानी मन्त्रालयमा सरुवा भएका छन् ।
कार्यालयको कात्तिक १८ गतेको निर्णय अनुसार प्रदेश मन्त्रालयहरू तथा मातहतका विभिन्न निकायहरूमा कार्यरत अधिकृतहरूलाई जिम्मेवारी तोकेर विभिन्न मन्त्रालय,आयोग तथा कार्यालयहरूमा पदस्थापन गरेको हो ।





























