चार महिना अगाडि नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याल घर फर्कदै थिए । विगतमा मुख्य सचिवको बिदाइ प्रधानमन्त्री अर्थात कुनै मन्त्रीबाट हुने परम्परा थियो । जस्तो ०७२ सालमा तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले तीन वर्षे कार्यकाल पूरा गरी अवकाश पाउँदा तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले उनको कार्यकालको प्रशंसा गर्दै विशेष बिदाइ गरेका थिए । सुमनराज अर्याल अघिका मुख्य सचिव एकनारायण अर्याललाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बिदा गरेका थिए । सामान्यतया बिदा हुने र नयाँ आउने मुख्य सचिवको स्वागत तथा बिदाइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीहरुले गर्ने परम्परालाई भत्काउँदै गत असार तेस्रो साता प्रधानमन्त्रीका सल्लाहकारले बिदा गरिरहेका थिए । अधिकांश मुख्य सचिवहरुलाई प्रधानमन्त्रीले बिदा गर्ने परम्परालाई तोड्दै सुमनराज अर्यालको बिदाइ प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले गरेका थिए । सो बिदाइ कार्यक्रममा प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल, सूचना तथा प्रविधि सल्लाहकार विवेक मिश्र र प्रमुख स्वकीय सचिव सुवास शर्मासमेत सहभागी थिए ।सो बिदाइका बिषयमा अनेकन कोणबाट प्रशनहरु उठेका थिए ।
तर ठीक चार महिना पछाडि आज फेरि सिंहदरबारमा अर्काे फरक दृश्य देखिएको छ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई हटाउँदै डा मनोजकुमार केसीलाई नियुक्त गरिएको थियो । गृह मन्त्रालयमा आयोजित नवनियुक्त ३४औं प्रहरी महानिरीक्षक (आईजीपी) को दर्ज्यानी चिन्ह तथा फुली यस पटक गृहमन्त्री सुदन गुरुङले लगाइदिएका थिए । प्रहरी महानिरीक्षक (आईजीपी) को दर्ज्यानी चिन्हसचिवले लगाइदिने परम्परा तोड्दै गृहमन्त्री आफैंले लगाइदिएका हुन । उसो त यस अघि यो परम्परा भत्काउन खोजिएको थियो तर तत्कालीन मुख्य सचिव र गृह सचिवबाटै दर्ज्यानी चिह्न प्रदान गर्ने स्थापित परम्परालाई निरन्तरता दिनुपर्ने अडान लिएपछि गृहमन्त्री अर्याल पछि हटेका थिए।
सिंहदरबारका दुई फरक दृश्य : मुख्यसचिवको बिदाई,आइजीपीलाई फुली
0%
0%
0%
0%
0%
0%





























