सरकारले प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई हटाएर एआईजी डा मनोज केसीलाई नयाँ आइजीपी बनाएको हो ।
बिज्ञापन
कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेर एआईजी मनोज केसीलाई नयाँ आइजीपी बनाएको हो । पछिल्ला विवादास्पद घटनाक्रमहरूमा आइजीपी कार्कीको समेत भूमिका देखिएको भन्दै सरकारले उनलाई पदबाट हटाएको हो । सिधै बर्खास्ती गर्दा कानुनी जटिलता पर्ने देखिएपछि मन्त्रिपरिषद्ले उनलाई प्रधानमन्त्री कार्यालय मातहत सारेको हो ।
बिज्ञापन
यस अघि ०५३ सालमा तत्कालीन गृहमन्त्री वामदेव गौतमले बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) अच्युतकृष्ण खरेललाई राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेर नयाँ आईजीपी नियुक्त गरेको थियो । प्रहरीमा ३० बर्ष अगाडिको घटना फेरि दोहोरिएको हो । सो समयमा खरेल राष्ट्रिय अनुसन्धान विभागमा हाजिर नै भएनन । बरु सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालत गएर मुद्दा जितेपछि खरेल पुनः आईजीपी भएका थिए ।
यस्तै सुडान घोटला प्रकरणमा रमेश चन्द ठकुरीलाई सुरक्षा सल्लाकारमा सरुवा गरेर रवीन्द्र प्रताप शाहलाई आईजीपी बनाइएकै शैलीमा सरकारले बहालवाला आईजीपीलाई हटाएर नयाँ नियुक्त गर्ने निर्णय गरेको छ ।





























