मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा केहीबेरदेखि सुरु भएको हो ।
बिज्ञापन
सामान्यतया सातामा कम्तीमा एकपटक र आवश्यकताअनुसार दुई दिन बस्ने गरेको मन्त्रिपररिषद्को बैठक १८ दिनपछि आज बस्न लागेको हो । विगतमा मंगलबार र शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्दै आएको भए पनि झण्डै १७ दिन मन्त्रिपरिषद्को बैठक राखिएको थिएन ।
बिज्ञापन
यस अघि ३० असोजमा अन्तिमपटक मन्त्रिपरिषद्को बैठक बसेको थियो । तर, त्यसयता दसैँपछिको बिदा सकिए पनि प्रधानमन्त्री वालेन्द्र शाह बालेनले मन्त्रिपरिषद्को बैठक राखेका थिएनन् । योबीचमा बैठकले गर्नुपर्ने थुप्रै निर्णयहरु रहेका छन् ।
आजको मन्त्रिपरिषद्को बैठकमा निजामती कर्मचारीको अवकाश उमेर ३०–५५ सम्बन्धी अध्यादेश अगाडि बढ्न सक्ने चर्चा छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विशेष रुचीमा निजामती कर्मचारीको अवकाश उमेर ३०–५५ सम्बन्धी अध्यादेश ल्याउने चर्चा चलिरहेको छ। झण्डै दुई सातापछि बस्न लागेको मन्त्रिपरिषद्को बैठकले केही महत्त्वपूर्ण निर्णय लिने सम्भावना छ ।
बिज्ञापन





























