बिज्ञापन
बन्द भएको दुई महिना पछि विद्युतीय खरिद प्रणाली (ई–जीपी) शुरु भएको छ । गत भदौ ११ गतेदेखि प्रणालीमा समस्या आएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले ई–जीपी स्थगित गरेर भौतिक (हार्डकपी) तथा हुलाक र कुरियरमार्फत बोलपत्र बुझाउने पुरानै बाटो खोलिदिएको थियो ।
बिज्ञापन
सरकारी ठेक्कापट्टामा पारदर्शिता ल्याउने भन्दै ६ वर्षअघि ई–जीपी प्रणाली सुरु गरिएको थियो । तर सुरक्षा कमजोरी र ‘सेटिङ’ का कारण ई–जीपी प्रणाली बन्द गरिएको थियो । सरकारी ठेक्कापट्टा र खरिद प्रक्रियालाई पारदर्शी बनाउन लागु गरिएको यो प्रणाली उच्च सुरक्षा फिचर्ससहितको नयाँ भर्सन सञ्चालनमा ल्याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । अब सार्वजनिक खरिद प्रणाली पूर्ण रूपमा डिजिटल ट्र्याकमा फर्किने दाबी बताइएको छ । नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब सार्वजनिक निकायका अनलाइन बोलपत्र आह्वान, प्रस्ताव दर्ता तथा अन्य खरिद प्रक्रिया पुनः डिजिटल माध्यमबाट अघि बढ्ने बाटो खुलेको छ।
कार्यालयका सहसचिव रामप्रसाद आचार्यले नयाँ भर्सनको ईजीपी सिस्टम सुरक्षित भएको दाबी गरेका छन् ।
बिज्ञापन





























