“कर्मचारीले गल्ती गरे विधिपूर्वक कारबाही गर्ने हो,प्रधानमन्त्री कार्यालयमा बोलाएर थुन्ने होइन”

नेपाली कांग्रेसका सभापति गगन थापाले सिँचाइ विभागका महानिर्देशकसहितका कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिएर दबाब दिइएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति थापाले सरकारको गैरकानुनी कामले हद नाघेको आरोप लगाएका छन्।

बिज्ञापन

उनले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको,कर्मचारीहरुलाई पक्राउ गरिएको बिषयमा आपत्ति जनाएका हुन । सरकारमा रहेकाहरूमा ‘हामी नै राज्य (स्टेट) हौँ’ भन्ने अहङ्कार पलाएको टिप्पणी गर्दै उनले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र योजना निर्देशकमाथि भएको धरपकडको विषयमा आपत्ति प्रकट गरेका हुन ।

बिज्ञापन

कर्मचारीबाट गल्ती भएको भए कानुनी प्रक्रिया र स्थापित निकायमार्फत अनुसन्धान हुनुपर्नेमा सिधै प्रधानमन्त्री कार्यालयबाट स्वेच्छाचारी शैली अपनाइएको आरोप लगाए। उनले भने कुनै कर्मचारीले नियमविपरीत काम गरेमा त्यसबारे अध्ययन तथा छानबिन गर्ने राष्ट्रिय सतर्कता केन्द्र छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ। ती निकायलाई छलेर हुकुमी शैली चलाउन मिल्दैन।’ राज्यका आधिकारिक संयन्त्रलाई बाइपास गरेर आतङ्कित बनाउने शैली लोकतान्त्रिक हुन नसक्ने उनको भनाइ थियो।

सभापति थापाले सरकारले विधिको शासन, प्रशासनिक मर्यादा र स्थापित कानुनी संयन्त्रहरूको खिल्ली उडाउँदै स्वेच्छाचारी र गैरकानुनी बाटो रोजेको आरोपसमेत लगाए।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष