सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ८ वटा उजुरी परेका छन्। गत २० असोजमा बसेको न्याय परिषद्को बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वाेच्चको न्यायधीशका लागि सिफारिस गरेको थियो । जसमा पाण्डे उच्च अदालत, पाटनको हेटौंडा इजलासका न्यायाधीश हुन्, भने सारू उच्च अदालत पाटनका न्यायाधीश हुन् । डाँगी यसअघि उच्च अदालत, जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश थिए ।
बिज्ञापन
प्रस्तावित न्यायधीश उपर गत कात्तिक ९ गते संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि उजुरी आह्वान गरेकोमा हालसम्म आठ उजुरी परेको समितिले जनाएको छ । शुक्रबारसम्म ८ वटा उजुरी परेको र उजुरी दिने समय कात्तिक १९ गतेसम्म रहेकाले संख्या थप बढ्न सक्ने समितिले जनाएको छ।
बिज्ञापन
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधीशमा नियुक्ति हुनेछन् ।





























