भोलिदेखि तीन महिना सबै सरकारी कार्यालय एक घण्टा अगाडि नै बन्द हुने भएका छन् । सरकारले जाडोयाम सुरु भएसँगै भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन गर्ने भएको छ। नयाँ समयतालिकाअनुसार सरकारी कार्यालय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएका छन्।
बिज्ञापन
यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।
बिज्ञापन
सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर वर्षभरि हुने सार्वजनिक बिदा र सरकारी कार्यालय खुल्ने र बन्द हुने समय तय गर्ने गर्छ । यसअघि वालेन नेतृत्वको नयाँ सरकार बनेसँगै सरकारी कार्यालयहरु सातामा दुई दिन बिदा दिने र कार्यालय समय दैनिक ९ देखि साँझ ५ बजेसम्म कायम गरिएको छ । राजपत्रमा प्रकाशित कार्यालय खुल्ने र बन्द हुने कार्यातालिका अनुसार, वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।





























