सवारी साधनको राजस्व बुझाउन र ब्लुबुक नवीकरण गर्न बुटवल जानुपर्ने अर्घाखाँचीवासीको बाध्यता अन्त्य भएको छ । जिल्लामै पहिलोपटक ब्लुबुक नवीकरण सेवा सुरु भएसँगै मोटरसाइकलदेखि ठूला सवारी साधनसम्मको नवीकरण अर्घाखाँचीबाटै गर्न सकिने भएको हो ।
बिज्ञापन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीमा आयोजित कार्यक्रममा सेवाको शुभारम्भ गरेका हुन् । उनले नवीकरण गरिएका ब्लुबुक सेवाग्राहीलाई हस्तान्तरणसमेत गरे ।
बिज्ञापन
मुख्यमन्त्री आचार्यले नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने प्रदेश सरकारको नीतिअनुसार जिल्लामै सेवा विस्तार गरिएको बताए । आगामी दिनमा सवारी साधनको जाँचपासलगायत यातायातसम्बन्धी थप सेवा पनि जिल्लाबाटै उपलब्ध गराउने तयारी भइरहेको उनले जानकारी दिए ।
उनले सेवाग्राहीलाई अनावश्यक सास्ती नदिई गुनासोरहित र प्रभावकारी सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशनसमेत दिए ।
बिज्ञापन
जिल्लामै ब्लुबुक नवीकरण सेवा सुरु भएपछि सेवाग्राहीको समय र खर्च बचत हुने भएको छ ।





























