प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बूढानीलकण्ठस्थित लामिछाने निवासमा चार घण्टा लामो भेटवार्ता भएको छ ।सभापति लामिछानेसँगको छलफलमा प्रधानमन्त्री शाहले प्रमुख सल्लाहकार कुमार बेनलाई पनि साथमै राखेका थिए।
बिज्ञापन
उक्त छलफलमा संघीय निजामती सेवा सम्बन्धी अध्यादेश,नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीका विषयका अलवा विभिन्न विश्वविद्यालयका पदाधिकारी नियुक्ति,सांसद खगेन्द्र सुनार प्रकरण लगायत,रास्वपा सभापति लामिछानेको भारत भ्रमणका बिषयमा समेत छलफल भएको बताइएको छ ।
बिज्ञापन
आइजिपी कार्कीसँग जोडिएको प्रहरी पोशाक लगायत विषयमा आज संसदीय उपसमितिको बैठक डाकिएको छ । बैठक आज बिहान ९ बजे सिंहदरबारमा बस्ने तय भएको छ । गत १६ असोजमा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले निर्वाचन प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न रास्वपा सांसद मनिष झाको नेतृत्वमा उपसमिति गठन गरेको थियो । रास्वपाले विवादित इनाम सापकोटासँगको संवादको बिषयलाई देखाएर कार्कीलाई हटाउन दबाब दिइरहेका छ तर रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री बालेनबीच एकमत हुन नसकेको रास्वपा स्रोतको भनाई छ । यस्तै, निजामती सेवा सम्बन्धी विधेयक संसदमा दर्ता भइसकेको अवस्थामा अध्यादेश ल्याउन नहुने धारणा रास्वपा सभापतिको धारणा रहेको बताइएको छ ।





























