महालेखा नियन्त्रक कार्यालयले ६१ जना लेखा समूहका उपसचिवहरुको सरुवा गरेको छ । महालेखाले नेपाल प्रशासन सेवा, लेखा समूहका राजपत्राङ्कित द्वितीय श्रेणी ६१ जना कर्मचारीहरुको सरुवा गरेको हो । ०८३ कात्तिक ११ गतेको निर्णयअनुसार भएको सरुवामा मीनबहादुर घर्ती मगरलाई जुम्ला कोलनिकाबाट दाङ,बैतडी कोलनिकाबाट वाशुदेव भण्डारीलाई स्थानीय पूर्वाधार विकास विभाग,ललितपुरमा सरुवा गरिएको छ । यस्तै,संखुवासभा कोलनिकाबाट चिरञ्जिवी अधिकारी सुनसरी मोरङ सिँचाईमा पुगेका छन् भने विज्ञान तथा नवप्रवद्र्धन मन्त्रालयमा राधेश्याम गिरी कोलनिका,बाराबाट ल्याइएको छ ।
बिज्ञापन
सरुवा सूची अनुसार,सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रबाट ध्रुव कार्की कोलनिका,काभ्रेमा प्रमुख भएर जानेछन् । यस्तै,फाजिलमा रहेका यामप्रसाद ढुंगनालाई कोलनिका सुर्खेत पठाइएको छ ।कोलनिका लैनचौरबाट मुन कुमार केसीलाई मकवानपुर कोलनिका,रक्षा मन्त्रालयबाट गायत्रीरमण खनाललाई रानिजमरा,कलरिया सिँचाइ आयोजनामा पठाइएको छ । महालेखा नियन्त्रक कार्यालयबाट मानबहादुर मगर कोलनिका ललितपुर,बबरमहल कोलेनिकाको प्रमुख कोष नियन्त्रकमा ओम रिजाल,भक्तपुर कोष तथा लेखा नियन्त्रक कार्यालयमा प्रमुख भएर विष्णुहरि रेग्मी गएका हुन्। उपमहालेखा नियन्त्रक योगेश पराजुली शिक्षा विभाग, दिनेश रेग्मी मकवानपुरबाट बारा,कञ्चनपुर कोलनिकाबाट कृष्णप्रसाद धामीलाई कैलाली,मोहन जैसवाललाई दाङस्थित कोलनिकाबाट बर्दियामा सरुवा गरिएको छ । यस्तै जागुराम चौधरीलाई विद्युत विकास विभागबाट स्वास्थ्य सेवा विभागको लेखाको प्रमुख,सार्वजनिक ऋृण व्यवस्थापनका उपसचिव प्रकाश पुडासैनीलाई प्रदेश लेखा नियन्त्रकको कार्यालय,कास्कीमा पठाइएको छ ।
बिज्ञापन
कृष्ण पुडासैनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयबाट दोलखास्थित कोलनिका प्रमुखका रुपमा खटाइएको छ । दोलखा कोलनिकाबाट दिपक महर्जन महालेखा नियन्त्रकको कार्यालयमा उपमहालेखा नियन्त्रकको रुपमा भित्रिएका छन् भने अर्थ मन्त्रालयबाट डिलाराम गिरी,कोलनिका ववरमहलबाट शिवराम भट्टराई,कोलनिका भक्तपुरबाट महेशकुमार दाहाललाई महालेखा नियन्त्रकको कार्यालयमा लगिएको छ । भक्तपुरबाट सुन्धारा कोलेनिकामा जग्यप्रसाद रेग्मी, ललितपुरबाट युवराज आचार्य धादिङ,प्रदेश नियन्त्रक सुरेश सुवेदी कोलनिका गोरखामा खटाइएको छ । ससद् सचिवालयका भोजराज पौडेल सिंहदरबार कोलेनिका पुग्दा रोमाकान्त काफ्ले निर्वाचन आयोग सरूवा भएका हुन्।
यस्तै गोरखाबाट इन्द्र पौडेल तनहुँ कोलनिका,राष्ट्रिय तथ्यांकबाट अनिल श्रेष्ठ अर्थमा राष्ट्रिय तथ्यांकमा धादिङ कोलनिकाबाट रोशन पुनलाई सरुवा गरिएको छ । केयूकेएलबाट गणेश चालिसे रसुवा कोलनिका पुग्दा मनोज जोशी कोलनिका पर्साबाट मौसम विज्ञान विभाग,उर्जाबाट गोरख शाहीलाई जुम्ला कोलनिकामा पठाइएको छ भने काभ्रे कोलनिकाबाट रुद्र कोइराला कुमारी चोक,केन्द्रीय कार्यालयमा पुगेका छन् । यस्तै कोलेनिका मोरङमा लावण्यराज दाहाल र पर्सामा प्रेमचन्द्र भुसाल सरुवा भएका छन्। यस्तै वीर अस्पतालमा भूपेन्द्रबहादुर मल्ल, सिंचाइ विभागमा सुनिता सुवेदी,बबइमा मदन मंग्राती, केयूकेएलमा लक्ष्मीप्रसाद जोशी र एडिबीमा काशीनाथ भट्टराई सरुवा भएका हुन्।





























