७ सिमेन्ट उद्योगलाई हदबन्दी भन्दा बढी जग्गा : ८ लाख ५३ हजार बर्गमिटर होङ्गसी शिवमद्धारा कब्जा

विभिन्न उद्योग,कम्पनीहरुले हदबन्दीभन्दा बढी जग्गा राखेको पाइएको छ । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार,यसरी हदबन्दी भन्दा जग्गा राख्नेमा विभिन्न सिमेन्ट उद्योग,हाइड्रोपावर,चिया कम्पनी,हाउजिङ कम्पनीहरु रहेका छन् ।
कर्मचारी प्रेसलाई प्राप्त विवरण अनुसार, सिमेन्ट उद्योगतर्फमात्र होङ्गसी शिवम्,युनाइटेड सिमेन्ट उद्योग,सगरमाथा सिमेन्ट,घोराही सिमेन्ट उद्योग, सोनापुर सिमेन्ट उद्योग,रोल्पा सिमेन्ट उद्योग र ह्वासिन सिमेन्ट नारायणले धादिङ गरी सात वटा सिमेन्ट उद्योगले हदबन्दी भन्दा बढी प्रयोग गरिरहेको पाइएको छ ।
प्राप्त विवरणका आधारमा होङ्गसी शिवम् सिमेन्टले ८ लाख ५३ हजार वर्गमिटर र मारुती सिमेन्टले २ लाख ३१ हजार वर्गमिटरभन्दा बढी जग्गा उपभोग गरिरहेका छन् । यस्तै युनाइटेड सिमेन्ट उद्योगले १ लाख ३८ हजार २ सय ४६ बर्गमिटर जग्गा उपभोग गरिरहेको भूमि व्यवस्था मन्त्रालयले विवरण दिएको छ । सगरमाथा सिमेन्ट उद्योगले २ हजार ११६ बर्गमिटरभन्दा बढी जग्गा लिएको देखिन्छ भने घोराही सिमेन्टले ३ लाख ५७ हजार ४४९ बर्गमिटर,सोनापुर सिमेन्टले १२ हजार ४ सय बर्ग मिटर जग्गा हदबन्दी भन्दा बढी राखेको पाइएको छ । प्राप्त विवरण अनुसार,रोल्पा सिमेन्टले ३६७० बर्गमिटर जग्गा हदबन्दी भन्दा बढी राखेको पाइन्छ । यस्का अलवा ह्वासिन सिमेन्ट नारायणले धादिङमा १८ हजार ५४९ बर्गमिटर र १ लाख ५७ हजार ४४ वर्गमिटर गरी कूल १ लाख ७७ हजार बर्गमिटर जग्गा हदबन्दी भन्दा बढी प्रयोग गरिरहेको पाइएको छ ।

बिज्ञापन

यता,बाँकेको गिजरा खाडखारी मिलले १२ लाख १९ हजार वर्गमिटर, रियालन्स सुगर मिल्सले ५ हजार ५ सय ५३ बर्गामिटर जग्गा हदबन्दी भन्दा बढी राखेको पाइएको छ । भूमिसम्बन्धी ऐन, २०२१ ले तराईमा १ बिघा तथा काठमाडौं उपत्यका र पहाडमा घरबारीका लागि अतिरिक्त ५/५ रोपनीको सहुलियत तोकेको छ भने तराई तथा भित्री मधेशमा १० बिघा र पहाडी क्षेत्रमा ७० रोपनीको स्पष्ट हदबन्दी तोकिएको छ । तर, कानूनलाई धज्जी उडाउँदै राजनीतिक प्रभाव र दबाबमा हाउजिङ, रियल स्टेट कम्पनीदेखि विभिन्न उद्योगहरुलाई असीमित जग्गा खरिदको स्वीकृति दिएको पाइएको हो । मन्त्रालयको अनुसार, देशभर १०४ वटा कम्पनी तथा संस्थाहरूले १ करोड ९२ लाख ४० हजार ३ सय २६ दशमलव ७२ वर्गमिटर जग्गा राख्न पाउने गरी हदबन्दी छुट पाएका छन् ।

बिज्ञापन

जसमा सबैभन्दा धेरै चिया कम्पनी र हाउजिङ क्षेत्रका १६ वटा कम्पनीहरु रहेका छन् । यी कम्पनीहरुले ४ लाख २५ हजार ६ सय ४१ दशमलव ३३ वर्गमिटर जग्गा राख्ने कानूनी वैधानिकता पाएका छन् । यसमा कोहिनुर हिल,होमल्याण्ड हाउजिङ,रोड सो रियल स्टेट,सिई कन्स्ट्रक्सन लगायत रहेका छन् । यस्तै गिरी बन्धु टीस्टेटले १८ लाख ६ हजार वर्गमिटरभन्दा बढी, राज टी स्टेटले ९ लाख ७८ हजार वर्गमिटर, नक्कलबन्दा टी स्टेटले ८ लाख ३१ हजार वर्गमिटर, झापा टी स्टेटले ७ लाख २९ हजार वर्गमिटर र इलामको माङमालुङ चिया बगानले ३ लाख १५ हजार वर्गमिटरभन्दा बढी जग्गा कब्जामा राखेका छन् ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष