काँग्रेस र एमाले सत्तामा तर मारेकाहरु नै रास्वपा मन्त्रीका सल्लाहकार नियुक्त भएको पाइएको छ । पूर्वाधार मन्त्री सुनिल लम्सालले आफ्ना सल्लाहकार भर्ती गर्ने सिलसिला अझैं रोकिएको छैन । एमालेको सत्तामा हुँदा पटक पटक लाभका पदमा पुगेका सुशील ज्ञवाली पछि चण्डीका प्रसाद भट्ट पूर्वाधार मन्त्री सुनिल लम्सालको विज्ञ सल्लाहकारको रुपमा इन्ट्री मारेका छन् ।
बिज्ञापन
एकातिर,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले ३५ वर्षमा केही नभएको रटान एकातर्फ लगाइरहेको छ अर्काेतिर नेपोबेबी मन्त्रीका रुपमा परिचित सुनिल लम्सालले आफ्ना सल्लाहकारका रुपमा कांग्रेस, एमालेको सत्तामा ‘तरमारेका’हरुलाई अनावश्यक नियुक्ति दिइरहेका छन् । यस्तै एक पात्र हुन्, चण्डिकाप्रसाद भट्ट । जसले लामो समय नेपाली कांग्रेस निकट भएकै आधारमा पटक पटक लाभका पदहरु पाइरहे । उनै भट्टलाई दशै अगावै सुनील लम्सालले पूर्वाधार विज्ञ नियुक्त गरेका छन् । गत वैशाखमा बालेन सरकारले विगतका राजनीतिक नियुक्ति खारेज गर्ने उद्देश्यले अध्यादेश ल्याउँदा १५ सय नियुक्तिहरु खारेजीमा परे ।
बिज्ञापन
उनी पनि पदमुक्त भए । पद र पावर विना पानी विनाको माछाझैं छटपटिमा पर्ने उनै भट्ट ५ महिनामै सिंहदरबार छिरेका छन्,पूर्वाधार विकास मन्त्री सुनील लम्सालको विज्ञ सल्लाहकार नियुक्त भएका हुन । यस अघि नेपाल आयल निगमको कार्यकारी निर्देशक,विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा काम गरिसकेका उनी अध्यादेशबाट हटेको ६ महिना नपुग्दै मन्त्रीका विज्ञ सल्लाहकारको रुपमा सिंहदरबार छिरेका हुन ।
उसो त उर्नै लम्सालले एमाले सत्तामा हुँदा पटक पटक लाभका पद पाएका सुशील ज्ञवालीलाई गत भदौ १३ देखि विज्ञ सल्लाहकार नियुक्त गरेका छन् । एमाले सत्तामा हुँदा ०७२ वैशाख १२ गतेको गोरखा भूकम्पपछि बनाइएको भूकम्प पुनर्निर्माण प्राधिकरणको सीईओ सम्हालेका थिए ज्ञवालीले । त्यस अघि उनी लगानी वोर्डको सीइओ थिए । गत वैशाखमा अध्यादेश ल्याएपछि ज्ञवाली लगानी बोर्डको सीईओ हटेका थिए । ज्ञवालीलाई विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित ‘काठमाडौँ भिजन २०४०’ परियोजनामा परामर्शदाता भनेर नियुक्ति दिइएको छ । कार्यकक्ष मन्त्रालयमा राखिएको छ । उनको तलव सुविधा पनि सोही संस्थाले दिने व्यवस्था छ । एमाले नेता विष्णु पौडेल निकट बुटवलका ज्ञवालीले एमाले सरकारमा रहेका बेला यस्ता अवसर पाउँदै आएका थिए। मन्त्री लम्साल सोही क्षेत्रकै रहेको र उनकी आमा अहिले पनि एमालेमै सक्रिय रहेकाले पनि ज्ञवालीका लागि यो जिम्मेवारीमा आउन सहज भएको मानिएको छ । अर्काेतिर उनै पूर्वाधार विकासमन्त्रीको सल्लाहकार, फेक डिग्री होल्डर रहेको पाइएको छ । लम्सालको अर्काे सल्लाहकारमा डा.सञ्जिवविक्रम राणा कार्यरत छन् । मन्त्रीस्तरीय निर्णयबाट सल्लाहकार नियुक्त उनको पिएचडी डिग्री नक्कली भएको आरोप छ । उनीसँग भारतको राजस्थानस्थित सिंघानिया युनिभर्सिटीबाट पिएचडी गरेको डिग्री छ । स्रोतका अनुसार उनको डिग्रीले समकक्षता पाउन गाह्रो छ । भारतको राजस्थानबाट लिएको उनको पिएचडीमा कैफियतचु, तर आफूलाई विज्ञ भन्छन्’,स्रोतले भन्यो । मन्त्रालयअन्तर्गत खानेपानी,सरसफाइ तथा व्यवस्थापनसँग सम्बन्धित गतिविधिमा आवश्यक समन्वय,परामर्श तथा सहकार्य गर्ने जिम्मेवारी पाएका राणा काठमाडौं उपत्यका खानेपानी बोर्डको कार्यकारी निर्देशक थिए । उनी दुईपटक बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका थिए ।
बिज्ञापन
त्यही मन्त्रालयमा अर्काे सल्लाहकार पनि छन्, अवकाशप्राप्त उपरथी धर्मेन्द्रकुमार झा । यस अघि अवकाश प्राप्त सैनिकलाई बागमती सभ्यताको अध्यक्षमा नियुक्त गरेका लम्सालले झालाइई अवकाश भएको चार दिनमै झालाई सचिव तहको अवैतनिक सल्लाहकार नियुक्त गरेका हुन । उनी यस अघि काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको प्रमुखबाट साउन १५ मा अवकाशमा गएका थिए । झालाई सेनाद्वारा निर्माणाधीन द्रुतमार्ग सडक आयोजनालगायत विभिन्न करिडोर सडक आयोजनाहरुको योजना, समन्वय, सहजीकरण, सुपरिवेक्षण तथा गुणस्तर नियन्त्रणलगायत कार्यको जिम्मेवारी दिइएको छ ।
अझैं रोचक त सुनिल लम्सालको सचिवालयमा प्रधनानमन्त्रीको नातागोता र आफन्तहरुले नियुक्ति पाएका छन् । लम्सालको प्रमुख स्वकीय सचिवका रुपमा कार्यरत विवेक बास्तोला प्रधानमन्त्रीका दाजुका सालो हुन । उनी पनि काठमाडौं महानगरपालिकामा कार्यरत थिए । सुनिल पूर्वाधार मन्त्री बनेसँगै प्रधानमन्त्री वालेन साहको सोल्टी विवेकलाई पूर्वाधार मन्त्रीको सचिवालयमा व्यवस्थापन गरिएको छ । अहिले पूर्वाधार मन्त्रीका प्रमुख सल्लाहकारमा सन्तोष पाण्डेयका अलवा नक्कली प्रमाणपत्रको मुद्धा खेपेका सञ्जीवकुमार राना, धर्मेन्द्रकुमार झा, ओली सत्ताका प्यारा सुशील ज्ञवाली र उनै चण्डिका भट्टले नियुक्ति भेटेका छन् भने् प्रमुख स्वकीय सचिवमा विवेक बास्तोला, स्वकीय सचिवमा निर्मल ज्ञवाली, समन्वय कार्यान्वयन तथा अनुगमन अधिकृतमा पारस क्षेत्री र सञ्चार तथा जनसम्पर्क सहायकमा नीरज भट्टराई लगायत कार्यरत छन् ।





























