प्रदेश र स्थानीय तहका सातौं तहका विभिन्न पदमा कर्मचारी माग

गण्डकी प्रदेश लोक सेवा आयोगले १३७ जना कर्मचारी माग गरेको छ । गण्डकी प्रदेश लोकसेवा आयोगले प्रदेश तथा स्थानीय सेवाका सातौं तहका विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ। आयोगले प्राविधिक र अप्राविधिक तर्फका अधिकृत स्तरका पदहरुमा दरखास्त खुला गरेको हो।

बिज्ञापन

आयोगले प्रकाशन गरेको विवरण अनुसार प्रदेश निजामती सेवा र स्थानीय सेवा दुवैतर्फ बढुवाबाट पदपूर्ति गरिनेछ। यस अन्तर्गत इन्जिनियर, कृषि अधिकृत, पशु विकास अधिकृत, शाखा अधिकृत, प्रशासकीय अधिकृत, मेडिकल ल्याब टेक्नोलोजिस्ट, जनस्वास्थ्य अधिकृत लगायतका पदमा ज्येष्ठता र कार्यक्षमताको मूल्याङ्कनका आधारमा बढुवा हुनेछ। त्यसैगरी अन्तरतह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा मार्फत ठुलो संख्यामा कर्मचारी माग गरिएको छ। प्राविधिक तर्फ सिभिल इन्जिनियर, नापी अधिकृत, कृषि अधिकृत, पशु चिकित्सक, शिक्षा अधिकृत, नर्सिङ अधिकृत, मेडिकल रेकर्ड अधिकृत, फिजियोथेरापिस्ट र रेडियोग्राफी टेक्नोलोजिस्ट जस्ता पदहरुमा दरखास्त आह्वान भएको छ। अप्राविधिक तर्फ प्रशासकीय अधिकृत, लेखा अधिकृत, राजश्व अधिकृत र आन्तरिक लेखा परीक्षण अधिकृतका साथै कम्प्युटर इन्जिनियर पदका लागि पनि विज्ञापन गरिएको छ।
आयोगले ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा, कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवा, अन्तरतह, खुला तथा समावेशीबाट पदपूर्ति गर्न लागेको हो ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष