अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मेयर,उपमेयर,प्रमुख प्रशासकीय अधिकृत,राजश्व शाखाको प्रमुखविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले सिरहाको गोलबजार नगरपालिकामा हाटबजारको राजस्व छुट दिएको तथा असुल गर्नुपर्ने रकम असुल नगरेको आरोपमा तत्कालीन मेयर,उपमेयर,तत्कालीन तीन जना प्रमुख प्रशासकीय अधिकृत,राजश्व शाखा प्रमुख र ठेकेदारसहित सुात जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्धा लगेको हो ।
बिज्ञापन
आयोगका अनुसार, मा पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजार सञ्चालनसम्बन्धी राजस्व सङ्कलनमा अनियमितता भएको उजुरीमाथि अनुसन्धान गर्दा कुल १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी भएको भेटिएसँगै गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, उपप्रमुख रेशम कुमारी थापालगायतका अलवा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी र अनन्त कुमार पौड्याल,राम नारायण महतो, दिनेश कुमार सहनी — तत्कालीन राजस्व शाखा प्रमुखका अलवा हाट बजारका ठेकेदार वीरेन्द्र कुमार यादवको मिलेमतोमा २७ लाख ३४ हजार ९१३ रुपैयाँ राजस्व छुट दिने निर्णय भएको र एक करोड ३३ लाखभन्दा बढी राजस्व असुल नगरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गराएको अभियोग उनीहरुलाई लगाइएको छ ।





























