निजामती प्रशासनभित्र ठूलो हलचल : अध्यादेशको त्रासले कर्मचारीको खल्तीमा राजीनामा

nijamati bidek

सरकारले संघीय निजामती सेवा विधेयक, २०८३ ले कर्मचारीको अवकाशको उमेर र सेवाका सर्तमा गर्न खोजेको परिवर्तनले निजामती सेवाभित्र ठूलो हलचल ल्याएको छ ।
निजामती सेवा विद्येयकमा ३० ५५ को तरबार कर्मचारीको टाउको झुण्डाएसँगै राजीनामाको लहर चलेको छ । निजामती कर्मचारीमा संघीय निजामती अध्यादेश त्रासका कारण साउनदेखि यतामात्र चार सयभन्दा बढी कर्मचारी राजीनामा दिइसकेका छन् । संघीय निजामती सेवासम्बन्धी विधेयक सरकारले असोज १५ मा संसद्मा दर्ता भइसकेको छ यद्यपि कर्मचारीलाई अध्यादेशले तर्साउन छाडेको छैन । विद्येयक संसदमा दर्ता भएसँगै केही राहतको सास फेरेको थिए तर अघिल्लो महिलामात्र १७६ कर्मचारीले राजीनामा दिएका छन् ।

बिज्ञापन

गत साउन १ गते आर्थिक वर्ष सुरु भएदेखि आजसम्म ४ सचिवसहित ३३ सहसचिव, ७२ उपसचिव र ९८ शाखा अधिकृत तहका कर्मचारी छन्। यसरी राजीनामा दिनेमा राजपत्राङ्कित २०७ जना र अनङ्कित २५७ कर्मचारीले राजीनामा दिएका हुन । राजीनामा दिन राजपत्र अनङ्कित कर्मचारीमा १३७ जना खरदार तथा नायब सुब्बा तहका कर्मचारी छन् । त्यस्तै १२० जना श्रेणीविहीन कर्मचारी छन्।

बिज्ञापन

भूमि व्यवस्था सहकारी सामान्इ प्रशासन मन्त्री प्रतिभा रावलले संघीय निजामती सेवा विद्येयक अध्यादेशबाट नआउने र संसदीय प्रक्रियाबाटै आउने बताइरहेकी छिन् तर प्रधानमन्त्रीको सचिवालयको एउटा टिमले भने संसदबाट विधेयक पारित हुन समय लाग्ने भएका कारण तिहार अगावै अध्यादेशबाट ३० र ५५ को प्रावधानसहितको अध्यादेश जारी गरिरहेको र सो को मस्यौदासमेत तयार भइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । अध्यादेशको मस्यौदामा ३० वर्ष सेवा अवधि पुगेका र ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था राखिएको छ। ५५ वर्षमा अवकाश दिइने कर्मचारीलाई ५८ वर्षको सेवा अवधि मानेर पेन्सन सुविधा दिने व्यवस्था पनि गरिएको छ। निजामती सेवामा अहिले ८६ हजार ४२४ कर्मचारी कार्यरत छन्। अध्यादेश जारी भएमा करिब १० हजार कर्मचारी एकैसाथ अनिवार्य अवकाशमा जानेछन्। प्रस्तावित प्रावधान लागू भएमा सचिव २८, सहसचिव २१४, उपसचिव ६३५ र शाखा अधिकृत ७५३,खरिदार र नायब सुब्बा गरी एक हजार ३५० तथा कार्यालय सहयोगी, ड्राइभर र वनपाले गरी दुई हजार ७७० जना कर्मचारीले अनिवार्य अवकाशमा जानेछन् । यही अध्यादेशको त्रासका कारण पछिल्लो समय कर्मचारीहरु गोजीमा राजीनामा पत्र बोकेर हिडिरहेका सिंहदरबार स्रोतले जनाएको छ ।
दसैं विदापछि कार्यालय खुलेसँगै अध्यादेश जारी हुने   त्रासमा ३० वर्षे सेवा अवधि नाघेका कर्मचारीहरू खल्तीमा राजीनामा बोकेर काम गरिरहेका छन् । संघीय निजामती सेवा विधेयकका नयाँ प्रावधानका कारण मुख्य गरी ३० वर्षभन्दा बढी सेवा अवधि पूरा भइसकेका र ५५ वर्ष उमेर नाघिसकेका कर्मचारीहरूले राजीनामा दिन सक्ने सम्भावना रहेको उच्च प्रशासकहरु बताउँछन् । ३० वर्ष काम गरिसकेका र बाँकी अवधि काम गर्दा पाइने सम्भावित पेन्सन तथा तलब वृद्धिको समायोजनमा असर पर्ने देखिएका कारण अहिले कर्मचारीहरु खल्तीमा राजीनामा पत्र बोकेर काम गरिरहेका छन् ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष