बिज्ञापन
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को कार्यकारी निर्देशकमा नेपाल सरकारका पूर्वसचिव डा रामप्रसाद घिमिरे नियुक्त भएका छन्।
गत फागुन ९ गते ५८ बर्ष उमेर हद लागेर घर गएका घिमिरेलाई रिक्त रहेको प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा नियुक्त गरिएको हो । राजस्व, अर्थ, अख्तियार, राष्ट्रपति कार्यालय जस्ता निकायमा सचिव चलाइसकेका घिमिरे वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव भूमिकाबाट बाहिरिएका उनी अवकाश सात महिना पछि प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन । यसअघि स्टाफ कलेजको कार्यकारी निर्देशक पदमा मन्त्रिपरिषद्बाट सीधै नियुक्ति गर्ने अभ्यास रहेकोमा यसपटक खुला प्रतिस्पर्धाबाट छनोटको विधि अपनाइएको थियो ।
बिज्ञापन
प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्तिका लागि घिमिरेसँगै पूर्व सचिव गोकर्णमणि दुवाडी, डिल्लीराम शर्मा र बाबुराम अधिकारी तथा अञ्जु मिश्र प्रतिष्प्रर्धामा थिए । अन्य चार प्रतिष्प्रर्धीलाई पछि पार्दै डा घिमिरे प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। कार्यकारी निर्देशकको नियुक्ति नेपाल सरकारले गर्ने र कार्यकाल पाँच वर्षको हुने कानुनी प्रावधान छ।





























