यस्तो छ लेखा समूहका कर्मचारी व्यवस्थापन मापदण्ड

अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रकको कार्यालयले प्रशासन सेवा लेखा समूहको कर्मचारीको जनशक्ति व्यवस्थापन मापदण्ड जारी गरेको छ ।
जस अनुसार कर्मचारीको सेवा अवधि र हालको कार्यालयमा कार्यरत अवधि,संगठनको आवश्यक्ता र संस्थागत संस्मरण,कर्मचारीको कार्यसम्पादनस्तर,कार्यव्यवहार र पेशागत आचरण,भौगोलिक क्षेत्रका कार्यालयहरुमा कार्य अनुभव,वैदेशिक अध्ययन,तालिम,भ्रमण,विशेष परिस्थिति र कर्मचारी सरुवा निवेदनका आधारमा जनशक्ति व्यवस्थापन गरिने मापदण्डमा उल्लेख छ ।
हालै जारी भएको सरुवा मापदण्डमा प्रचलित कानुन बमोजिम न्यूनतम अवधि पूरा नगरी सरुवा नगरिने,अवधि पूरा भएका कर्मचारीहरुलाई कार्यालयको आवश्यक्ता,रिक्त दरबन्दी,सेवा,अनुभवका आधारमा व्यवस्थापन गरिने मापदण्डमा उल्लेख छ ।
यस्तै,एउटै कार्यालयमा न्यूनतम अवधिभन्दा बढी काम गरेका कर्मचारीहरुलाई सरुवा गरिँदा सबैभन्दा बढी सेवा गरेका आधारमा सरुवा गरिने,महालेखा र कोलनिकाका कार्यालय बाहेकका कार्यालयमा पाँच बर्ष वा सो भन्दा बढी अवधि कार्यरत कर्मचारीलाई प्रथामिकताका आधारमा सरुवा गरिने,एउटै कर्मचारीलाई पटक पटक एउटै प्रकृति,भूगोल र उस्तै कार्यबोझ भएको कार्यालयमा नखटाई फरक फरक भौगोलिक क्षेत्रका कार्यालय,हिमाली तथा पहाडी जिल्लाका कार्यालय र तराईका सुगम तथा सुविधाजनक कार्यालय,केन्द्रीयस्तर र जिल्लास्तरका कार्यालय र मलेनिका,कोलनिका कार्यालयमा सरुवा गरिने उल्लेख छ ।
यस्तै मलेनिका र कार्यालयमा कर्मचारी खटाउँदा सम्भव भएसम्म नयाँ र अनुभवि दुबै प्रकारको कर्मचारी खटाइने,जिल्लास्थित कार्यालयमा खटाइँदा सम्बन्धित जिल्लाको कोलनिका कार्यालयसँग परामर्श गरिने उल्लेख छ ।
यस्तै,कार्यालय प्रमुखको खटन पटन गरिँदा कार्यालयको कार्य प्रकृति,कार्यबोझ,वित्तिय अनुशासन,नेतृत्व क्षमता,कार्यसम्पादन,आचरणलाई आधार मानिने उल्लेख छ ।

बिज्ञापन

Image_006_nyresof

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष