काठमाडौंको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै साताभित्र सञ्चालनमा आउने भएको छ । सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल जडान गरिएकोमा अन्तिम चरणमा रहेको साता दिनभित्रै आवातजावतका लागि खुला हुने जनाइएको छ । दुवैतर्फ उक्लन–ओर्लन भर्याङ राख्ने काम बाँकी छ । यो सकिएलगतै पुल आवतजावतका लागि खुला हुनेछ ।
बिज्ञापन
सडक डिभिजन कार्यालय, काठमाडौंका अनुसार पुल निर्माणको भौतिक प्रगति अन्तिम चरणमा पुगेकाले केही दिनभित्रै सर्वसाधारणका लागि खुला गर्ने तयारी भइरहेको बताइन्छ । हालको पूर्वाधार विकास मन्त्रालयको २ करोड ५० लाख रुपैयाँ लगानीमा यो पुल निर्माण भइरहेको हो । २१ फागुन २०८२ मा निर्माण सम्झौता भई पुल निर्माण सुरु भएको थियो । पुल निर्माणको जिम्मेवारी हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वर्कस प्रालिले ठेक्का पाएको थियो ।
बिज्ञापन
पुल यसै हप्ताभित्रै पैदलयात्रुका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख सुबोध देवकोटाले जनाएका छन् । बबरमहल क्षेत्रमा सवारीसाधनको चाप र पैदलयात्रुको आवागमन बढी हुने भएकाले आकाशे पुल सञ्चालनमा आएपछि सडक पार गर्ने क्रममा हुने जोखिम घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।





























