खुल्न थाले बन्द भएका सरकारी वेबसाइट

ह्ययाकिङको जोखिम देखिएपछि बन्द भएका सरकारी वेबसाइटहरु क्रमश खुल्न थालेका छन् । करिब ७० प्रतिशत सरकारी कार्यालयमा प्रयोग गरिएको पीएचपी प्रोग्रामिङ ल्याङ्वेजमा सुरक्षा चुनौती देखिएपछि बन्द गरिएका वेबसाइटमध्ये एक हजार भन्दा बढी साइडहरु आइतबार साँझबाट सञ्चालनमा आएका छन् । कार्तिक ४ गते सुरक्षा कमजोरी पत्ता लागेसँगै मन्त्रालय, विभाग, कार्यालय, राष्ट्र बैंकदेखि संवैधानिक निकायसम्मका वेबसाइट बन्द रहेकामा आइतबार साँझबाट एक हजार बढी वेब साइडहरु सञ्चालनमा आएकामा आजै बिहानसम्ममा बाँकी वेबहरु खुल्ने सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले जनाएको छ ।

बिज्ञापन

विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण अस्थायी रूपमा बन्द भएका थिए । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले सम्भावित साइबर आक्रमण र क्षति हुन नदिन सावधानीस्वरूप प्रणालीहरू बन्द गरिएको जनाएको थियो । प्रोग्रामिङ ल्याङ्ग्वेज ‘पीएचपी’ मा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि अफलाइन गरिएका अधिकांश सरकारी वेबसाइट सञ्चालनमा आएका हुन । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार आइतबार साँझबाट एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवा पुनः सञ्चालनमा आएका छन् ।

बिज्ञापन

बडादशैंको बिदाको समयमा समेत सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र र सम्बद्ध प्राविधिक टोलीहरू जोखिम नियन्त्रण तथा प्रणाली अद्यावधिक गर्न निरन्तर खटिरहेकामा आइतबारबाट एक हजारभन्दा बढी वेबहरु सञ्चालनमा आएकामा सोमबार बिहानसम्ममा अधिकांश वेबसाइट पुन सञ्चालनमा ल्याइने बताएका थिए । प्रभावित प्रणालीहरूमा आवश्यक सुरक्षा प्याच राख्ने र प्राविधिक परीक्षण सम्पन्न भई पूर्ण रूपमा सुरक्षित भएसँगै बन्द रहेका सरकारी वेबसाइट तथा सेवाहरू क्रमशः पुनः सञ्चालनमा ल्याइने केन्द्रले स्पष्ट पारेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष