विस्फोटको जोखिम घटाउन चार हिमतालको पानी घटाइँदै

सरकारले हिमताल विस्फोटबाट हुने जोखिम न्यूनीकरण गर्न चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने भएको छ। सरकारले विपत्‌ जोखिम न्यूनीकरण तथा बाढीको पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन ६ वटा प्रमुख नदी बेसिनमा पूर्वसूचना प्रणाली विस्तार गर्ने र चारवटा उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना अघि बढाएको हो ।

बिज्ञापन

सरकारले हिमताल विस्फोटबाट हुने बाढीको उच्च जोखिममा रहेका चार हिमतालको पानीको सतह घटाउन पाँच करोड अमेरिकी डलरको जलवायु परियोजना कार्यान्वयन गरिरहेको छ। मनाङको थुलागी, संखुवासभाका तल्लो वरुण र होंगु २ तथा सोलुखुम्बुको लुम्दिङ हिमताल उच्च जोखिमयुक्त मानिएका छन्। सम्भावित हिमताल विस्फोटको जोखिम न्यूनीकरणका लागि चार हिमतालको पानी घटाउने योजना अघि सारिएको हो। ग्लोफ सञ्जीवनी आयोजनामार्फत चारवटा उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना बनाएको सरकारले हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न मनाङको ठुलागी, सङ्खुवासभाको लोअर अरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होंगु–२ हिमतालमा जोखिम न्यूनीकरणका उपाय अपनाइने जनाएको छ । सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने यस आयोजनाको कुल बजेट करिब ४९ दशमलव ९ मिलियन अमेरिकी डलर रहेको छ । यसअघि दोलखाको रोल्वादिङ उपत्यकामा रहेको छो–रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालको पानीको सतह सफलताका साथ घटाइसकिएको अनुभवलाई आधार मानी यी नयाँ हिमतालहरूमा पनि जोखिम न्यूनीकरणका उपाय अपनाइनेछ । ऊर्जा मन्त्रालयले जल तथा मौसम क्षेत्रको सुदृढीकरण, जलस्रोतको दिगो उपयोग र विपद् जोखिम न्यूनीकरणका लागि दुई ओटा श्वेतपत्र सार्वजनिक गर्दै यस्तो जनाएको हो । त्यसैगरी, बाढीबाट हुने जनधनको क्षति कम गर्न ६ प्रमुख नदी बेसिनमा पूर्वसूचना प्रणाली विस्तार गरिने भएको छ।
यस्तै,मौसम विज्ञान विभागको श्वेतपत्र मस्यौदाअनुसार मौसम पूर्वानुमानको शुद्धता र विश्वसनीयता बढाउन कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ र उच्च क्षमताको कम्प्युटिङ प्रणालीको प्रयोगलाई प्राथमिकता दिइनेछ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष