भील्लको देशका मणि अर्थात डा. हिरालाल भुजेल

नजाने जिन्दगीमा ठक्करका किस्सा कति खाइयो, कति खान बाँकी छ । बाबाको दुई परिवार । खाने मुख धेरै आयको स्रोत थोरै हुँदा माया–ममता र प्यार के हो पत्तो भएन,बाल्यकालमा । विरबहादुरका नाती,बिर्खेबहादुर र कृष्णकुमारी भुजेलका छोरा हुन उनी । जेठी आमाबाट एक छोरा, एक छोरी र कान्छी आमाबाट पाँच छोरामध्येका जेठो हुन उनी । जन्मिए,हुर्किए दोलखामा आजभन्दा ६० बर्ष अगाडि । ०३३ सालमै जनवादी गीत गाएर कम्युनिष्ट आन्दोलनसँग जोडिएका उनका गुरु हुन,इन्द्रबहादुर खड्का । माटी निमावीमा सात कक्षासम्म पढे । त्यस समय प्रध्यापन गराउने रनबहादुर सुवेदी,रामप्रसाद सापकोटा,सिताराम सुवेदी,लेखबहादुर बस्नेत,पूर्ण कुँवर,कविन्द्र श्रेष्ठ,कल्याण बस्नेत लगायतकालाई कहिल्यै बिर्सन सक्दैनन् । गाउँमा सात कक्षाभन्दा माथि पढाइ हुन्नथ्यो । दोलखाबाट काठमाडौं भित्रिए । नन्दीरात्री स्कूलमा भर्ना भए । जनवादी गीतहरु गाउने क्रम रोकिएन,झन बढ्यो । यस्तै गीत गाएकै कारण उनी ०४३,४४,४९ मा पटक पटक पक्राउ परे । पञ्चायत सरकारको आँखाको तारो बनिसकेका थिए,जनवादी गीत गाएका कारण । त्यस समय जेवी टुहुरे,रामेश,रायनहरु सक्रिय रहेको राल्फा आन्दोलन चर्चामा थियो । गीतारको पहिलो झंकारलाई राल्फा भनिन्थ्यो । तर यसलाई राजाफाल्ने आन्दोलनको रुपमा बुझे ।
घर कस्को पोत्नेको
जमिन कस्को खेतबारी जोत्नेको…..
०००
सिँउदोमा सिन्दुर टलक्क टलक्क  टल्केको
टल्केको होइन ए चेली सामन्ति झल्केको ….
यी र यस्ता दर्जनौ प्रगति र जनवादी गीत गाएर,कयौलाई कम्युनिष्ट बनाएका व्यक्ति हुन,उनी अर्थात हिरालाल भुजेल । यस्तै गीत गाएका कारण उनलाई तत्कालीन सत्ताले पटक पटक गिरफ्तार गर्‍र्यो । कहिले दुई महिना,कहिले महिना दिनसम्म थुन्यो । सामन्ती सत्ताले दाँतमा करेन्ट लगाइदियो । कुनै दाँत सग्ला रहेनन् । केही समय ओटुमा पसल चलाए । सत्ताको आँखाको तारो बने पछि उनी देश छोडेर परदेशिए । नक्सालबाट नजिकै थियो भद्र कुमारी घलेको निवास । उनै घलेलाई भेटेपछि उनको जीवन यूर्टन भएको हो ।
भन्छन्,माइती घरको कुकुर पनि प्यारो हुन्छ । आफ्नै माइती गाउँलेलाई उनै भद्रकुमारीले आर्युेवेद चिकित्सा पढ्न सुझाइनन् मात्र गुजरात,गान्धी स्कूलसम्म पुर्याइन । त्यही पढ्ने व्यवस्था मिलाइन । त्यही बसेर आर्युेवेद अध्ययन गरे । उनलाई खोज्दै सरकारी मान्छेहरु गुजरात पुगे । उनी त्यहाँबाट भागेर बंगलादेशको चटगाउँ पुगे । त्यतै बसेर आर्युेवेदको अध्ययन पूरा गरे । जनयुद्ध सकिएर,६३ को विद्रोह पछि उनी स्वदेश फर्किए । त्यही समय हो,उनले माझिगाउँ बहुउदेश्यीय सहकारी संस्था दर्ता गरे । यही संस्थामार्फत दर्जनौं गरिबहरुको जीवन उकास्नका लागि आफू नाङ्गिएर सही,सहयोग गरिरहें ।

बिज्ञापन

उनको संस्थाले नुवाकोटको पञ्चकन्या गाउँपालिकाका अलवा निलकण्ठ गरपालिका,ककनी,सुनकोशी,नौकुण्ड गाउँपालिका,थाक्रे,सिद्धलेक,भरतपुर महानगरपालिका लगायतका दर्जनौं स्थानीय तहका सिफारिसमा त्यहाँका गरिब,विपन्न,दलितहरुका लागि हजारौं बुंगुरहरु किनेर उपलव्ध गराएका छन् । ताकि उनीहरुको जीवनस्तर उकास्न सकियोस । हालसम्म आफ्नै व्यक्तिगत सहयोगमा २६ हजार बंगुर विभिन्न फार्म,व्यक्तिहरुलाई निशुल्क वितरण गरेका छन्,उनले । जीवन जीउन सहज होस भनेर उनको व्यक्तिगत प्रयासमा बंगुर वितरण गरिएकामा केही त यस्ता पनि भेटिए कि त्यही बंगुर नै काटेर खाइदिने ! यद्यपि उनको प्रयास रोकिएन,सम्झाइ बुझाइ गरेर उनीहरुलाई बंगुर पालन गर्न प्रेरित गरिरहे ।

बिज्ञापन

यीनै गरिब,दिनदुखी,दलित,पिछडिएका वर्गहरुको उत्थानमा काम गर्दै आएको यही फर्ममा दैव लाग्यो । केही बर्ष अगाडि मेलम्चीमा आएको बाढीका कारण उनको सो फर्म नै बगायो । त्यहाँ रहेका १५ सय बुंगुरहरु बगे । सोझो हिसाबमा झण्डै एक करोड सात लाख क्षति भयो । उनी क्षतिपूर्तिको खोजीमा राज्यका विभिन्न निकायमा पुगें,निवेदन दिए तर कहिँ कतैबाट केही सुनुवाइ भएन । त्यस पछि बंगुर वितरणको काम रोकियो । हाम्रो कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष हुन,उनी । सो पार्टीको केन्द्रीय सदस्य हुनका लागि अनिवार्य कृषि कर्ममा जोडिएको हुनुपर्ने प्रावधान छ । सो पार्टीले अहिले देशभर ५२६ वटा कृषि फर्म चलाइरहेको छ । अर्थात ५२६ जना केन्द्रीय सदस्य रहेका छन् ।
उनको पुण्य कर्मको सिलसिला यतिमै रोकिदैन । आँखा नदेख्ने एकै परिवारका ६ जनालाई १३ बर्षसम्म आफैंसँग राखेर शिक्षा दिक्षा दिलाए । जसमध्ये एक बिते । अहिले उनीहरु सिन्धुलीमा छन् । कुनै–कुनै अभिभावकहरू आफ्नो सन्तानलाई शिक्षा दिक्षा दिलाएको सुनेर निकै खुसी भएर फोन सम्पर्क गरेर रुन्छन् पनि । त्यसपछि उनीहरूलाई सम्झाई बुझाई गर्दछन् । उनको आम्दानी मुख्य स्रोत भनेको बैकल्पिक चिकित्सा हो । यही कामबाट आर्जित रकम विद्यार्थीको (गाँस, बास र कपास) व्यवस्थापन गरिरहेका छन् ।

बिज्ञापन

उनका कारण सुन्तली विकको परिवार होस वा होचापुट्काहरुको जीवनमा खुसीको बहार आएको छ । उनीहरु मागेर होइन आफैं श्रम र पसिना बगाएर जीवन जीउन सक्ने बनेका छन् । गरिब,दुखीहरुको घाउमा मलम लगाउन हरपर तम्तयार भैहाल्छन् । झण्डै ११ सय होचापुड्काहरुलाई आफ्नै खर्चमा साबुन,सरफ,हार्पिक बनाउने तालिम दिए । आज ती होचापुड्काहरु आत्मनिर्भर भएका छन् । उनले यो अवधिमा २३० बालबालिकाहरुलाई पढाइरहेका छन्,विभिन्न विद्यालयहरुमा । उनले शिक्षा दिक्षा दिएकामध्ये केही विद्यार्थी इञ्जिनियर बनेर निस्किएका छन् । भद्र घले सेवा सदनमा जोडिएर ४३० भन्दा बढी व्यक्तिको निशुल्क प्राकृतिक चिकित्साद्धारा उपचार गराइदिएका छन् । उनले यो अवधिमा नशा,च्यापिएका,यूरिक एसिड,बाथ लगायतका ५० औं हजार विरामीको उपचार गरेका छन् । यो अवधिमा स्वआर्जित झण्डै ६ करोड रकम यसैगरी दान गरेर सकाएका छन् । विदेशी एनजिओ,आइजिओ,विदेशमा भएका व्यक्तिहरुबाट रकम झारेर सोही रकमबाट समेत आफ्नो पारिश्रमिकता कटाएर रकम बाढ्ने,सामाजिक सञ्जालमा तस्विर र भिडियो हाल्नेहरु मात्र बास्तविक र ठूला समाजसेवी कहिलिने यो मुलुकमा अपवाद हुन,डा हिरालाल भुजेलहरु ।द्धन्दका घाउहरु गीति नाटकका कारण राष्ट्रिय जनकलाकारको सम्मान हात पारेका थिए उनले । जतिखेर आनन्द पोखरेल पर्यटनमन्त्री थिए ।

जो आफू नाङ्गिएर दुखी,गरिब,असहाय,दलितहरुको मुहारमा खुसी भर्छन । आफ्नो स्वआर्जनबाट सामाजिक कर्ममा रमाइरहेका उनी मिडियामा आउन खोज्दैनन् । दान र धर्म भनेको एक हातले दिएको अर्काे हातलाई थाहा हुनु हुँदैन भन्छज् । उनीझैं जनवादी गायनमा लाग्नेहरु यस अघि माननीय भए । तर उनलाई सिंहदरबार र सत्ताको लोभ कहिले लागेन । यहाँ चर्चा,परिचर्चा पाउनका लागि काम होइन,सामाजिक सञ्जालमा गफ जोत्नुपर्दछ । तर यो पथमा कहिल्यै लागेनन्,उनी ।

हिरालाल सदैव निष्काम कर्मयोगमा लागिरहे । वेद,गीताका उपदेशहरुलाई शीरोधार्य गरेर परोपकारम मिद शरिरमलाई मूल मन्त्र बनाएर आफ्नो शरिर,आफ्नो जीवन नै दिनदुखीको सेवामा सर्मपित राज्यले कहिल्यै नखोजेको र नचिनेको ‘भील्लको देशका मणि’हुन हिरालाल । उनी आज पनि मलाई राज्यले के दियो भनेर कहिल्यै खोज्दैनन्,म यहाँका नागरिकहरुलाई के गर्न सक्छु,के गरेर दुखी गरिबहरुको मुहारमा खुसी भर्न सक्छु,यही सोचका साथ अवचलित सामाजिक कर्ममा होमिरहेका भेटिन्छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष