२०८३ को कात्तिक महिनामा सरकारी कार्यालय जम्मा १२ दिनमात्र खुल्ने भएको छ । असोज ३१ गतेदेखि शुरु भएको दशैं विदा कार्तिक ६ गते द्वादशीसम्म सात दिन सरकारी बिदा दिएको छ । त्यसपछि कात्तिक ७ गते शनिबार र ८ गते आइतबार परेकाले सरकारी कार्यालयहरु आगामी आइतबारसम्म बन्द हुनेछन् । यस बर्ष कर्मचारीले लगातार नौ दिन दशैं बिदा पाएका छन् । अब सरकारी कार्यालय कात्तिक ९ गते सोमबार मात्रै खुल्नेछन् ।
त्यसको दुई साता पछि तिहारको बिदा हुनेछ । आगामी कात्तिक २२ गते आइतबार लक्ष्मीपूजादेखि तिहारको बिदा सुरु हुनेछ । कात्तिक २३ गते गाईपूजा, २४ गते गोवर्धन पूजा र २५ गते भाइटीकाको अवसरमा बिदा रहनेछ । कात्तिक २६ गते बिहीबार पनि तिहारको सार्वजनिक बिदा रहेकाले लगातार पाँच दिन सरकारी कार्यालय बन्द हुनेछन् ।
तिहारलगत्तै कात्तिक २९ गते आइतबार छठ पर्वको सार्वजनिक बिदा परेको छ । यससँगै कात्तिकमा प्रमुख चाडपर्वका कारण मात्रै १२ दिन सार्वजनिक बिदा पर्नेछ ।
बिज्ञापन
कात्तिक ७, १४, २१ र २८ गते गरी चारवटा शनिबार परेका छन् भने कात्तिक १, ८, १५, २२ र २९ गते आइतबार परेको छ । सरकारले आइतबार पनि सार्वजनिक विदा दिँदै आएको छ । यसरी चाडपर्वका दिन र चार शनिबार र चार आइतबार जोड्दा कात्तिकमा १७ दिन सार्वजनिक बिदा पर्नेछ । अर्थात् ३० दिनको कात्तिक महिनामा सरकारी कार्यालय १२ दिन मात्रै खुल्नेछन् ।
बिज्ञापन

बिज्ञापन





























