सुदूरपश्चिम प्रदेशसभा सचिव देवबहादुर बोगटीको राजीनामा स्वीकृत भएको छ। सभामुख भीम भण्डारीले बोगटीले दिएको राजीनामा स्वीकृत गरेका हुन्।
बिज्ञापन
बोगटीले घरायसी कारण देखाउँदै स्वेच्छाले पदबाट राजीनामा दिएका थिए। उनले कात्तिक ३१ गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए र सोही दिन सभामुख भण्डारीले राजीनामा स्वीकृत गरेका हुन्। बोगटी २०७८ सालमा सुदूरपश्चिम प्रदेशसभा सचिवमा नियुक्त भएका थिए। उनको राजीनामा स्वीकृत भएसँगै अब नयाँ सचिव नियुक्तिको प्रक्रिया अघि बढ्ने भएको छ। सभामुख भण्डारीका अनुसार दशैँपछि नयाँ सचिव नियुक्तिको प्रक्रिया अगाडि बढाइनेछ।
बिज्ञापन
बोगटीको राजीनामा स्वीकृत भएसँगै प्रदेशसभा सचिव पदमा नयाँ नियुक्तिको प्रक्रिया अघि बढ्ने भएको छ। सभामुख भण्डारीका अनुसार दशैँपछि नयाँ सचिव नियुक्तिको प्रक्रिया अगाडि बढाइनेछ। कानुनी व्यवस्थाअनुसार प्रदेशसभा सचिवको नियुक्ति सभामुखको सिफारिसमा प्रदेश प्रमुखले गर्ने प्रावधान छ।





























