सरकारी कार्यालयपछि बैंकका वेबसाइट र डिजिटल सेवा बन्द

पीएचपी प्रविधिमा गम्भीर सुरक्षा कमजोरी देखिएपछि नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थाले आफ्ना वेबसाइट र केही डिजिटल सेवा अस्थायी रूपमा बन्द गरेका छन्। नेपालमा सरकारी तथा सार्पजनिक सेवाका वेबसाइटहरु बन्द हुनुअघि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पनि एक आपत्कालीन साइबर सुरक्षा एड्भाइजरी जारी गरेको थियो । उक्त एड्भाइजरीमा आवश्यक सुरक्षा सतर्कता अपनाउन सबै निकाय तथा वेभसाइट प्रयोगकर्तालाई निर्देशन दिएको थियो ।

बिज्ञापन

सो निर्देशन पछि प्रणालीको सुरक्षा, सम्भावित जोखिमको मूल्याङ्कन तथा आवश्यक मर्मतसम्भारका लागि सेवा बन्द गरिएको बैंकहरूले जनाएका छन् । यस्तै केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रका सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बिज्ञापन

पीएचपी विश्वभरका अधिकांश वेबसाइट तथा वेब एप्लिकेसनहरू निर्माण गर्न प्रयोग गरिने एक अत्यन्त लोकप्रिय प्रोग्रामिङ भाषा हो। हालै यसको कोर आर्किटेक्चरमा गम्भीर सुरक्षा त्रुटि फेला परेको थियो, जसको फाइदा उठाएर ह्याकरहरूले सर्भरभित्रै छिरेर अनधिकृत कमान्ड चलाउन सक्ने जोखिम सिर्जना भएको छ। आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी वर्षौँदेखि कोडभित्र लुकेर रहेका यी कमजोरी पत्ता लागेको समाचारहरूमा उल्लेख छ। यो सुरक्षा कमजोरी सार्वजनिक हुनासाथ विश्वभर साइबर आक्रमण र ह्याकिङको प्रयास एक्कासि तीव्र भएको छ।

केन्द्रीय बैंकद्धारा जारी सूचनामा पीएचपी प्रविधिमा आधारित वेबसाइटहरूमा गम्भीर सुरक्षा जोखिम देखिएको उल्लेख छ । यसबाट बैंकिङ तथा वित्तीय क्षेत्र प्रभावित हुन सक्ने विषयमा ध्यानाकर्षण गराउँदै जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूले आवश्यक सुरक्षा सतर्कता अपनाउन, प्रयोगमा रहेका प्रणालीहरूलाई सुरक्षित तथा अद्यावधिक बनाउन र नियमित सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा सञ्चालक, भुक्तानी सेवा प्रदायक र विप्रेषण कम्पनीहरूलाई आफ्ना सूचना प्रविधि प्रणालीको सुरक्षा सुदृढ गर्न तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
पीएचपी प्रविधिमा गम्भीर सुरक्षा कमजोरी पछि ग्लोबल आइएमई बैंकले प्रणाली सुरक्षा तथा मर्मतसम्भारका लागि बैंकको डिजिटल युनिभर्स सेवा हाललाई केही समयका लागि बन्द गरिएको छ। यस अन्तर्गत एटीएम कार्ड रिप्लेसमेन्ट, अनलाइन चेक क्लियरिङ, क्यास डिपोजिट मेसिन लगायत सेवा रहेका छन् । अन्य बैंकिङ सेवा भने सुचारु रहेको बैंकले जनाएको छ ।

बिज्ञापन

यस्तै नबिल बैंकले प्रविधिगत सुधारका लागि ‘एनबैंक माइक्रोसाइट’ ‘जेनअल्फा एप’ अनलाइन डेबिट कार्ड रिक्वेस्ट, क्रेडिट कार्ड रिक्वेस्ट तथा मुद्दती निक्षेप कर्जा सेवा अस्थायी रूपमा प्रभावित भएको जनाएको छ।

प्राइम कमर्सियल बैंकले ग्राहकको सुरक्षाका लागि अनलाइन खाता खोल्ने पोर्टल, अनलाइन मुद्दती निक्षेप पोर्टल, कस्टमर पोर्टल, अनलाइन खाता रोक्का पोर्टल र ब्यालेन्स सर्टिफिकेट प्रमाणीकरण पोर्टल बन्द गरेको छ।

एनआईसी एसिया बैंकले आफ्नो आधिकारिक वेबसाइट तथा अन्य अनलाइन वेब सेवाहरू जोखिम मूल्याङ्कन र प्रणाली सुरक्षित नभएसम्मका लागि अस्थायी रूपमा बन्द गरेको छ।

यस्तै,सिद्धार्थ बैंकले पीएचपी प्रविधिको जोखिमलाई ध्यानमा राख्दै आधिकारिक वेबसाइट तथा वेबसाइटबाट सञ्चालन हुने सम्पूर्ण अनलाइन सेवाहरू हाललाई स्थगित गरिएको छ। माछापुच्छ्रे बैंकको पीएचपीमा आधारित प्रणाली अपडेट गर्नका लागि बैंकको वेबसाइट तथा वेबमा आधारित केही सेवाहरू केही समयका लागि बन्द गरिएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सुरक्षा मर्मत तथा अद्यावधिकका लागि आफ्नो आधिकारिक वेबसाइट अस्थायी रूपमा बन्द गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष