पूर्वराष्ट्रपति चीन भ्रमणमा,रास्वपा सभापति अकस्मात भारत

 

बिज्ञापन

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गरेकी छन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी त्यसतर्फ प्रस्थान गरेकी हुन्। परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ। भण्डारीले उक्त सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोमबार स्वदेश फर्कने गरी पूर्वराष्ट्रपति भण्डारी चीनतिर प्रस्थान गरेकी हुन्।

बिज्ञापन

यता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जान लागेका छन् । उनी तीन दिने भ्रमणका आज भारततर्फ प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ।
लामिछाने धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र असमको गुवाहाटीस्थित कामाख्य मन्दिर जाने कार्यक्रम छ। तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने कात्तिक ९ गते स्वदेश फर्किने सचिवालयले जनाएको छ ।
यसअघि उनी गत जेठमा पार्टी सभापतिको हैसियतमा भारतको औपचारिक भ्रमणमा गएका थिए । गत जेठ २२ गते भारतीय जनता पार्टीको निमन्त्रणामा पाँच दिने भारत भ्रमण गरी फर्किएका थिए। गत भदौमा चीन जाने कार्यक्रम भदौ १० गतेको बाढीले रोकिएको बताइन्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष