प्रभु,एनआइसी पछि इन्भेष्टमेन्ट बैंकको खराब कर्जा उच्च

नेपालको बैंकिङ क्षेत्र खराब कर्जाले थलिने स्थितिमा पुगेको छ । नेपालका अधिकांश बैंकहरुले ठूलो नाफा कमाएको देखाए पनि वितरणयोग्य नाफा झन्डै शून्यको हाराहारीमा रहेको बैंकहरुको वित्तिय विवरण केलाउँदा भेटिएको छ । जस्तो प्रभु बैंकको खराब कर्जामात्र १५ प्रतिशतभन्दा माथि रहेको छ । बैंकिङ्ग क्षेत्रका जानकारहरुका अनुसार,कुनै पनि वित्तिय संस्थाको खराब कर्जा ५ प्रतिशतभन्दा माथि हुनु भनेको सो बैंक विग्रिएको मानिन्छ । विवरण अनुसार,एनआईसी एसिया बैंकको खराब कर्जा ९.२६ प्रतिशत पुगेको छ भने तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा ८.६६ प्रतिशत पुगेको छ । मुख्य सचिवबाट अवकाश पाएर हालै मात्र बैकुण्ठ अर्याल हिमालयन बैंकको अध्यक्ष सम्हाल्न गएका छन् ।
नेपालका २० वाणिज्य बैंकमध्ये खराब कर्जा अधिक रहेको चौथो बैक सोही बैंक रहेको विवरण केलाउँदा भेटिएको छ । सो बैंकको खराब कर्जा ७.९६ प्रतिशत छ । कुमारी बैंकको खराब कर्जा ७.४६ प्रतिशत रहेको भेटिन्छ । यस्तै, प्राइम बैंकको ६.६९ प्रतिशत, सिटिजन्सको ५.८८ प्रतिशत, लक्ष्मी सनराइजको ५.२३ प्रतिशत, ग्लोबल आइएमईको ४.९६ प्रतिशत, नबिलको ४.१० प्रतिशत, नेपाल बैंकको ४.१८ प्रतिशत,सानिमा बैंकको २.८७ प्रतिशत,नेपाल एसबिआई बैंकको २.९२ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको २.०३ प्रतिशत र खराब कर्जा हुँदा एभरेष्ट बैंकको खराब कर्जा मात्र ०.४९ प्रतिशत रहेको भेटिएको छ । वाणिज्य बैंकहरूजस्तै विकास बैंक र वित्त कम्पनीहरूमा पनि खराब कर्जाको दर उच्च देखिएको छ ।

बिज्ञापन

खराब कर्जा (नन पर्फमिङ लोन वा एनपीएल) बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय प्रदर्शन परीक्षण गर्ने महत्वपूर्ण औजारको रुपमा रहने गरेको छ । खराब कर्जाले बैंकको वित्तीय स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले लगानीकर्ताका लागि पनि यो सूचक महत्वपूर्ण हुन जान्छ । कुनै पनि ऋणीले निश्चित समयसम्म आफ्नो ऋणको सावाँ तथा ब्याजको निर्धारित भुक्तानी गरेको छैन भने त्यस्तो ऋण वा कर्जालाई खराब कर्जा भनिन्छ । अर्थ क्षेत्रका एक जानकारका अनुसार अहिले बैंक तथा वित्त क्षेत्रको खराब कर्जाको अवस्था हेर्ने हो भने नेपालका अधिकांश वाणिज्य र विकास बैंकहरुलाई ज्वरो आएको स्थिति छ ।

बिज्ञापन

 

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष