सरकारले निजामतीतर्फ खरिदारदेखि सचिव तहसम्मको दरबन्दी कटौती गर्दा प्रहरी प्रशासनतर्फ दरबन्दी थप्ने गृहकार्य अगाडि बढेको छ । नेपाल प्रहरीको ७१ औँ प्रहरी दिवसका अवसरमा प्रहरीतपर्फ दरबन्दी थप्ने गृहकार्य भइरहेको बताइएको हो । गृहमन्त्री सुदन गुरुङले प्रहरीको संगठन तथा व्यवस्थापन सर्भेक्षणमार्फत दरबन्दी थप्ने गृहकार्य भइरहेको जनाएका छन् ।
उता निजामतीतर्फभने दरबन्दी कटौती गरेर दुई हजार ५ सय बढी कर्मचारी कटौती गरिएको छ । हालसम्मा नेपाल प्रशासन सेवातर्फ ४९९ दरबन्दी कटौती भएको छ । त्यस्तै, नेपाल इन्जिनियरिङमा १९७, नेपाल कृषि सेवामा १३०, नेपाल विविध सेवामा ११०, नेपाल वन सेवामा ६६, आर्थिक योजना तथा तथ्यांक सेवामा २० र नेपाल शिक्षामा १९ दरबन्दी कटौती भएका छन् ।
बिज्ञापन
दरबन्दी कटौती गरिएकोमा ११, सचिव, ७२ सहसचिव, उपसचिवमा १३९ कटौतीमा परेको थियो । यस्तै सशस्त्र वनरक्षकतर्फ एक हजार पाँच र श्रेणीविहीनतर्फ ५३६ दरबन्दी कटौती गरिएको थियो ।
बिज्ञापन





























