प्रदेश लोक सेवा आयोग,लुम्बिनी प्रदेश, बुटवलले ठूलो संख्यामा अधिकृत तहका लागि विज्ञापन खुलाएको छ । प्रदेश निजामती सेवा ऐन, २०८० को दफा १० को उपदफा (७) बमोजिम प्राविधिकतर्फ तथा अप्राविधिक तर्फका आठौं देखि अघारौं तहसम्मका विभिन्न पदमा आयोगले विज्ञापन माग गरेको हो ।
बिज्ञापन
जसअनुसार,स्वास्थ्य सेवाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट,प्रमुख स्वास्थ्य शिक्षा प्रशासक,प्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट,प्रमुख साइक्र्याटिक, प्रमुख अस्पताल नर्सिङदेखि महानिर्देशकसम्मका पदका लागि ९ पदमा जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा पदपूर्ति गर्न लागिएका कारण ती पदमा दरखास्त आह्वान गरिएको छ ।
यस्तै प्रदेश लोकसेवा आयोगले कार्यक्षमता मूंल्याकनका आधारमा पाँच पदहरुमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
बिज्ञापन
आन्तरिक प्रतिष्प्रर्धाबाट पूर्ति गरिने गरी आयोगले १ पदका लागि विज्ञापन खुलाएको छ । यस्तै नवौं तहको जनस्वास्थ्य प्रशासकमा १ सहित विभिन्न ३० पदमा जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको छ ।
नवौं तहकै प्राविधिकतर्फका विभिन्न २१ कर्मचारीहरुको माग गरेको छ ।





























