सेनालाई उद्योगपति बनाउँदै सरकार

जग्गा कारोबारदेखि ठेक्कासम्मका व्यवसायमा संलग्न सेनाले अब ग्यास उद्योग समेत खोल्ने भएको छ । उसो त नेपाली सेना जनताको करबाट चल्ने संस्था र निकाय हो तर पछिल्लो समय सेना पेसागत मर्यादाविपरीत निजी कम्पनीझैँ नाफामुखी व्यापारमा सक्रिय छ । घरजग्गा कारोबारदेखि क्यान्टिन सञ्चालनसम्म गर्दै आएको सेनाले अब ग्यास उद्योगमा हात हाल्न लागेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेनाको सैनिक कल्याणकारी कोषमार्फत ग्यास बोटलिङ प्लान्ट र भण्डारण गृह सञ्चालन गर्न दिने गृहकार्य अगाडि बढाएको छ ।

बिज्ञापन

यस अघि नै नेपाली सेनाले विद्यालय तथा महाविद्यालय विस्तार, अत्याधुनिक अस्पताल विस्तार, पेट्रोलपम्प विस्तार तथा व्यवस्थापन, मिनरल वाटर तथा अक्सिजन प्लान्ट विस्तार, फार्मेसी सञ्चालन समेत गर्दै आएको छ । यस्का अलवा नेपाली सेनाले घरजग्गामा हात हालेको दोश्रो जनआन्दोलनपछि नै हो । ०६३ देखि सेनाले जग्गा खरिद गरेर प्लटिङ गर्ने, आवास बनाउने र सहुलियत दरमा सेनाका अधिकारीहरूलाई बिक्री गर्दै आएको छ । सेनाले कोषको रकमबाट सुपथ मूल्य क्यान्टिन चलाउँदै आएको छ भने हाइड्रोदेखि पर्यटन उद्योगसम्ममा उसले लगानी गरसकेको छ । यसरी लगानी गरिएका क्षेत्र नाफामुखी देखिएका छैनन् । यस्तै सैनिक कल्याणकारी कोषको रकम ब्याजमा लगानी, सडक तथा जलविद्युत् योजनामा समेत हात हालेकै थियो । ठेक्का पट्टामा समेत सेनाले हात हालेको छ । सेनाको जिम्मामा रहेको सबैभन्दा ठूलो आयोजना काठमाडौं–तराई द्रुतमार्गको लागत २ खर्ब ११ अर्ब ९३ करोड माथि पुगेको छ । जस्को प्रगति एक दशक पूरा हुँदा ५० प्रतिशत काम सम्पन्न हुन सकेको छैन । यस्तै, पानी व्यवसाय, कपडा उद्योग सञ्चालन, जग्गा प्लटिङ र आवास निर्माणमा समेत हात नहालेको ठाउँ कमै छन् अब बालेन सरकारले नेपाली सेनालाई पेट्रोल पम्प समेत चलाउने दिने गृहकार्य अगाडि बढाएको छ । उसो त अहिले पनि नेपाली सेनाले देशभरका सात स्थानमा पेट्रोल पम्प चलाइरहेको छ । व्यापारिक कम्प्लेक्सदेखि पार्टी भेन्यू चलाइरहेको छ। २ खर्ब ११ अर्ब रुपैयाँ लागतको फास्ट ट्र्याक निर्माणको जिम्मा पनि सेनाकै छ। बालेन सरकार बनेसँगै दुई दशकदेखि बन्द हेटौंडा कपडा उद्योगको परीक्षण उत्पादन पनि सेनालाई सुम्पेकोमा अब ग्यास बोटलिङ प्लान्ट र भण्डारण गृह सञ्चालनको जिम्मेवारी दिन लागिएको हो ।

बिज्ञापन

उसो त काठमाडौं महानगरपालिकाको मेयर हुँदैदेखि बालेन्द्र शाहको नेपाली सेनासँग निकै नजिक रहेको टिप्पणी हँदै आएको छ । ग्यास बोटलिङ प्लान्ट र भण्डारण गृह सञ्चालनको जिम्मेवारी नेपाली सेनालाई दिएको खण्डमा निजी क्षेत्रको ५३ अर्बभन्दा बढीको लगानी जोखिममा पर्ने व्यवसायीहरु बताउँछन् । अहिले व्यवसायीहरुले गर्न थालेको प्रश्न हो यदी सेना र प्रहरीले व्यावसायिक काम गर्न थालेपछि निजी क्षेत्रले के काम गरेर पेट पाल्ने ? रोजगारी कहाँबाट सिर्जना हुने ?
सुरक्षा विद्हरुको टिप्पणी छ नेपाली सेना भनेको मूलत विपद्, राष्ट्रिय संकट, उद्धार तथा रणनीतिक पूर्वाधार निर्माणमा सरकारलाई सहयोग गर्दै आएको निकाय हो तर पछिल्लो समय व्यापार व्यवसायदेखि जग्गाको ठेक्कापट्टामा समेत सेनालाई अगाडि सारिएको छ । एकातिर नेपाली सेना हातहतियारले बलियो निकाय हो । त्यही सेनालाई व्यापारी बनाएर धनी बनाउँदा भविष्यमा लोकतन्त्रमाथि नै खतरा हुने जानकारहरू बताउँछन् । बन्दुक र पैसा दुबै भएपछि भोलिका दिनमा सेनाले राजनीतिक नेतृत्वलाई नटेर्ने सम्भावना रहन्छ, सेनाले पाकिस्तानी मोडेलमा सत्ता सञ्चालनमा सक्रियता देखाउने चिन्ता पोख्छन्,विज्ञहरु ।
उसो त यही नेपाली सेनाका अवकाश प्राप्तहरुलाई सरकारी राजनीतिक नियुक्तिमा प्रथामिकतामा पर्न थालेका छन् । राजदूत,एकीकृत बागमती सभ्यताको अध्यक्ष,वायु सेवा निगमदेखि चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान,पूर्वाधार मन्त्रीका सल्लाहकार समेत नेपाली सेनाकै अवकाश प्राप्त व्यक्तिहरुले नियुक्ति पाउने र यता सरकारले सेनालाई उद्योग धन्दा कलकारखाना चलाउन दिनुले सरकार र सेनाको कनेक्सनका बिषयमा अनेकन सवालहरु उठ्दै गएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष