नाम एउटा, काम अर्को

दसैँ, तिहार र अरू बेला बजार अनुगमनका लागि मुलुकमा दर्जन बढी निकाय छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, पशु सेवा विभाग, खाद्य, प्रविधि तथा गुणस्तर विभाग, औषधी व्यवस्था विभाग, नापतौल विभाग, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारलगायत । यी सबै निकायको काम एकैखाले छ, अनुगमन । सबैको आफ्नै संरचना छ । सयौं सरकारी कर्मचारी छन् । एकै प्रकृतिको भएकाले सरकारले छुट्टै एउटा संस्था बनाएर त्यसअन्तर्गत राख्नुपर्ने जानकारहरू बताउँछन् ।

बिज्ञापन

बजार अनुगमन गर्ने जिम्मेवारी पाएका सरकारी निकायहरु अस्थिर र भुत्ते बन्न पुगेका छन् । बजार अनुगमनका लागि राज्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग,वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग,औषधि व्यवस्था विभाग लगायतका सरकारी संरचना खडा गरेको छ । ती निकायमा सहसचिव तहकै दरबन्दी छुट्टाइएको छ तर यी निकायहरुको भूमिकामाथि समेत पटक पटक प्रश्न उठ्ने गरेको छ । चाडपर्व लक्षित बजार अनुगमनमात्र गरेको भन्दै आलोचित छ,वाणिज्य र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागहरु । हाल खाद्य प्रविधिमा सञ्जिवकुमार कर्ण महानिर्देशक छन् भने रितेश कुमार शाक्य राष्ट्रपतिको कार्यालयाट उद्योग मन्त्रालय हुँदै अनुगमन तथा उपभोक्ता हित संरक्षणको प्रमुख कुर्सीमा छन् । उसो त पछिल्लो समय उद्योग मन्त्रालयको प्रशासनिक नेतृत्व नै अस्थिर बन्न पुगेको छ । मोतीराम सापकोटा दुई महिना पनि टिकेनन् । अधिकांश महानिर्देशक ६ महिना नपुग्दै भकुण्डो बनाइएका छन् । सहसचिव ध्रुव घिमिरे १९ दिन पनि टिकेनन् । उनी अघि कुमारप्रसाद दाहालले पाँच महिना, महेश भट्टराई र गजेन्द्रकुमार ठाकुरले ६–६ महिना, तीर्थराज चिलुवालले आठ महिना, राजन पौडेलले नौ महिना र रोशन ज्ञवालीले १० महिना विभागको नेतृत्व गरेका थिए। व्यापार व्यवसायको नियमन तथा सहजीकरण, आपूर्ति व्यवस्थापन, बजार अनुगमन, मूल्यसम्बन्धी अध्ययन र उपभोक्ता अधिकार संरक्षणसम्मका विषय विभागको कार्यक्षेत्रमा परे पनि बजार अनुमगनमै सीीमत छ,यो विभाग ।

बिज्ञापन

भन्छन्, ‘यो त कर्मचारी व्यवस्थापन गर्ने थलोजस्तो बन्यो । सबै निकायलाई उपभोक्ता हित संरक्षण विभाग बनाएर त्यसैअन्तर्गत राख्दा हुन्थ्यो । त्यसमा खाद्य, कृषिलगायत सबै दरबन्दी राख्दा भइहाल्यो । एकीकृत रुपमा अनुगमन हुन्थ्यो, अनुगमन पनि प्रभावकारी देखिन्थ्यो ।’ बजार अनुगमनका निम्ति मुलुकमा स्थानीय तह, जिल्ला प्रशासनदेखि विभिन्न निकाय छन् । तर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनमा खटिनुपरेको छ । जबकि, त्यसको काम आपूर्ति व्यवस्था हेर्ने र ब्यापारसम्बन्धी काम मात्रै गर्ने हो ।

हाल ग्यास र चिनीमा भइरहेको कालोबजारी हटाउन विभागले काम गरिरहेको छ । सरकारले २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने व्यवस्था हटाएकाले उसँग खासै अधिकार पनि छैन । विदेशबाट आउने सामानको हकमा भन्सार विभागले निगरानी राख्दै आएको छ भने वाणिज्य विभागको काम खुम्चिन पुगेको छ । ‘नाम वाणिज्य तथा आपूर्ति छ, कामचाहिँ तेल र ग्यास खोज्दै हिँड्नुपर्ने छ । यो भएन, कि नाम फेर्नुपर्‍यो कि काम’, विभागका एक अधिकारीले बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष