बिज्ञापन
संसदीय सुनुवाई समितिले १० देशका राजदूतका नाम अनुमोदन गरेको छ भने तीन देशका प्रस्तावित राजदूतको नाम अस्वीकृत गरेको छ । विभिन्न देशका लागि प्रस्तावित १३ देशका राजदूतमध्ये भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन, श्रीलंकासहित १० देशका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।
संसदीय समितिले निश्चलनाथ पाण्डेलाई भारत,कल्याणराज शर्मा, चीन,चिरनजंग थापा, अमेरिकाका लागि राजदूतमा अनुमोदन गरेको हो । यस्तै गौरवशमशेर जबरा, बेलायत,सरु जोशी, जर्मनी,सुरेश कुमार कर्ण, इजरायल,पद्माक्षी राणा, ओमान,संगम श्रेष्ठ, दक्षिण कोरिया, प्राप्ति शेरचन, स्पेन र मञ्चला झा, श्रीलंकाका राजदूतका लागि अनुमोदन भएका छन् ।
यस्तै समितिले साउदीका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ । बुधबार बसेको संसदीय समितिको बैठकले गिरीलाई राजदूत नियुक्तिका निम्ति अनुमोदन गर्न अस्वीकार गरेको हो । असोज २ गतेको मन्त्रिपरिषद् बैठकले गिरीलाई राजदूतमा सिफारिस गरेको थियो । सुनुवारमाथि एक महिलामाथि हिंसा गरेको, आर्थिक लेनदेनको उजुरी परेको थियो । समितिले उनको नाम अस्वीकृत गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।





























