जापानका लागि प्रस्तावित नेपाली राजदूत डा जिज्ञानकुमार थापाको संसदीय सुनुवाईका क्रममा सांसदहरूले उनको विदेशी स्थायी आवासीय अनुमतिपत्र (पीआर)को बिषयमा प्रश्नै प्रश्न उठेको छ । बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा प्रस्तावित राजदूत थापाले पेश गरेको कार्ययोजनामाथि छलफल हुनुअघि नै उनको योग्यता र विगतको आवासीय स्थितिलाई लिएर सांसदहरूले प्रश्न उठाएका हुन । विगतमा भारतका लागि प्रस्तावित राजदूत राम कार्कीको श्रीमती आसाम सरकारको कर्मचारी भएका कारण एग्रिमो नआएको नजिर समेत समितिका सदस्यहरुले पै्रश्न उठाएका हुन ।
बिज्ञापन
झण्डै २५ वर्ष जापानमा बिताएका थापाको त्यहाँ व्यक्तिगत व्यवसाय, सम्पत्ति, शेयर तथा वित्तीय दायित्व भएको बिषयलाई जोड्दै संसदीय समितिका सदस्यहरुले तपाईं स्वदेशमै फर्किनुहुन्छ कि फेरि जापान नै बस्नुहुन्छ, त्यसको स्पष्ट आधार के छ ? भन्दै प्रश्न गरेका थिए ।
यद्यपि जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफूमाथि लागेका पिआर (स्थायी आवासीय अनुमति) र स्वार्थ बाझिने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) लगायतका आरोपहरूको खण्डन गरेका छन् । जापानमा आफ्नो स्वामित्वमा रहेको घरबारे उठाइएका प्रश्नमा थापाले सो घर कानूनी रूपमा श्रीमतीको नाममा रहेको र आफ्नो कुनै व्यवसायिक स्वार्थ नरहेको स्पष्ट पारे ।
उनले आफ्नो श्रीमती र छोराछोरीको त्यहाँको बसाइ भिसाको एक प्रकार मात्र हो, उनीहरू नेपाली नागरिक नै हुन् । म कुनैपनि स्वार्थ बाझिने काम गर्दिनँ । मेरो उद्देश्य दुई देशको सम्बन्धलाई थप बलियो बनाउने र नेपालको विकासमा जापानको सहयोग बढाउने संसदीय समितिमा बताए ।





























