डडेल्धुराको सरुवा उल्टाएर म्याडम त्रिपुरेश्वरतिरै

रास्वपा नेतृत्वको सरकार बनेसँगै राजनीतिक दलको ट्रेड युनियनहरु मात्र खारेज भएनन् दल निकट रहेका दर्जनौ कर्मचारीका नेताहरुलाई दुर्गम स्थानमा सरुवा गरेको थियो । गत १२ जेठको निर्णय अनुसार,एमाले निकट कर्मचारी संगठनका पदाधिकारी,काँग्रेस निकट कर्मचारी युनियनका अध्यक्ष,महासचिवसहितका पदाधिकारी,माओवादी निकट कर्मचारी संगठनका अध्यक्षसहितका पदाधिकारीहरु दुर्गममा खटाएको थियो । एमाले निकट कर्मचारी संगठनका वामदेव ओली इलाका प्रशासन कार्यालय खोटाङ्ग पुगे । नेपाली काँग्रेस निकट कर्मचारी युनियनका अध्यक्ष उत्तम कटवाल सिंहदरबारबाट खेदेर इलाका प्रशासन कार्यालय पुचौडी,बैतडी, गोविन्द अधिकारीलाई ताप्लेजुङ्गस्थित इलाका प्रशासन कार्यालय,सिरिजंगा,एमाले निकट कर्मचारी नेता देवी पराजुलीलाई इलाका प्रशासन कार्यालय हेदाङ्गना गडी,संखुवासभा,सामान्यबाट उमेश पराजुलीलाई डोल्पा इलाका प्रशासनमा पुर्‍याइदा,रामचन्द्र अधिकारी (आरसी)लाई इलाका प्रशासन कार्यालय बैतडी मेलौली पुर्‍याइएको छ । यस्तै,काँग्रेस निकट कर्मचारी युनियनका महासचिव रहेका प्रकाश भट्टराईलाई इलाका प्रशासन पर्वत,गणेश भण्डारीलाई खोटाङ्ग पुर्‍याइएको छ ।

बिज्ञापन

यस्तै,माओवादी निकट कर्मचारी संगठनका नेता हरि रावललाई इलाका प्रशासन डोटीतिर खेदिँदा अर्काे माओवादी कर्मचारी नेता अम्बादत्त भट्टलाई रसुवा पुर्‍याइएको छ । यसरी सरुवा गरिएका अधिकांश कर्मचारी नेताहरु विकट जिल्लामा गएर सेवा गरिरहँदा एक कर्मचारी संगठनको नेतृले सरुवा उल्टाएर काठमाडौंमा कार्यरत रहेको भेटिएको छ ।
स्वास्थ्य मन्त्रालयले नेपाल निजामती कर्मचारी संगठनको नेतृ दाहालको सरुवा गत जेठ २५ मा डडेलधुरास्थित डडेलधुरा अस्पतालमा गराएको थियो ।स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत दिपेन्द्र दाहाल हस्ताक्षरित पत्र अनुसार कर्मचारी संकेत नम्बर १४९९६९ रहेको सि अहेव (छैटौं) तहकी दाहाललाई केन्द्रीय कारागार अस्पताल जगन्नाथदेवलबाट सरुवा गरेर डडेलधुरामा खटाइएको थियो । तर सो अस्पतालमा एक दिन पनि हाजिर नभइकन पुन कारागार अस्पतालमै काज फिर्ता गराउन सफल भएकी छिन् । हाल उनी कारागार अस्पतलामै कार्यरत छिन् । एमाले निकट कर्मचारी सङगठनको अध्यक्ष रहेकी भवानी दाहालको अगाडि स्वास्थ्य मन्त्रालयका अधिकारीहरु समेत निरिह भएको पाइएको छ । दाहाल स्वास्थ्य सेवातर्फको कर्मचारी हुन । उनी अहिले कारागार अस्पतालको नर्सिङ्गतर्फ सिअहेबको रुपमा कार्यरत छिन् । दाहाललाई दूरदराजमा सरकारले खटाएको सरुवाको मसी सुक्न नपाउँदै सरुवा उल्टाएर पुरानै कार्यालयमा फर्किन सफल भएकी हुन,उनी ।

बिज्ञापन

उनको सरुवा,बदर लगायतका बिषयमा बुझ्न कर्मचारी प्रेसले डडेलधुरा अस्पतालको प्रमुख (मेसु) डा सुधा देवकोटालाई सम्पर्क प्रयास गरे पनि उनी सम्पर्कमा आउन चाहिनन् । यस्तै कारागार अस्पतालको प्रमुख डा मनिषा रावल र अमृता श्रेष्ठसँग सम्पर्क गर्दा दुबैको फोन उठेन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष