प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’

मलेसियाका प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ ‘होल्ड’ भएको छ । आज बसेको संसदीय सुनुवाइ समितिमा स्वार्थको द्वन्द, म्यानपावर व्यावसायीसँगको साँठगाँठ, पोखराको जग्गा खरिदको अनियमितता र योग्यतामाथि प्रश्न उठेको थियो । संसदीय समितिले प्रक्रियालाई केही समयका लागि रोकेर थप अध्ययन र प्रमाण जुटाउने निर्णय गरेको हो ।
रास्वपाका सांसद तथा समितिका सदस्य राजीव खत्रीले झापामा केही स्थानीयहरूसँग अनुदान मिलाइदिन्छु भनेर लाखौँ रुपैयाँ लिएको,कतिपयलाई पैसा लिइसकेपछि ब्ल्याकलिस्टमा राख्ने गरिएको भनेर प्रमाणसहितका उजुरी प्राप्त भएको,केही म्यानपावरसँग राजदूत भएर काम गर्छु भनेर केही रकम लिएको, तिनैले उपलब्ध गराएको गाडी चढ्ने गरेको भनेर गाडी नम्बरसहित हामीलाई उपलब्ध भएका प्रश्न उठाएका थिए । यस्तै विभिन्न सङ्घसंस्थाहरूमा काम गर्दाको लाखौँ रूपैयाँ बेरुजु रहेकोदेखि पोखराको सार्वजनिक जग्गा मिलाइदिन्छु भनेर करोडौँ रुपैयाँ लिएकोसम्म आरोप उनीमाथि लाग्यो ।

बिज्ञापन

प्रस्तावित राजदूत खरेलले यी आरोपमा आफ्नो कुनै पनि संलग्नता नरहेको, बिना तथ्य र बिना प्रमाणका कुराहरूमा आफूले जवाफ दिनुपर्ने अवस्था नरहेको बताएका थिए तर सभापति बोधनारायण प्राप्त उजुरी अध्ययन गर्न समय चाहिने भएकोले सुनुवाइको प्रक्रिया होल्ड गर्ने निर्णय सुनाएका हुन् । त्यसपछि उनको सुनुवाइ होल्ड हुन पुगेको हो ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष