वाणिज्य विभागको बजार अनुगमन : तीन फर्मलाई पाँच–पाँच हजार जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षणसम्बन्धी कानुन पालना नगरेको भन्दै तीनवटा फर्मलाई जनही पाँच हजार रुपैयाँ जरिवाना गरेको छ। विभागले मंगलबार २०८३ असोज २७ गते ललितपुर र काठमाडौंका विभिन्न स्थानमा रहेका उद्योग तथा व्यापारिक फर्महरूको अनुगमन गर्दै कारबाही गरेको हो।

बिज्ञापन

विभागको आपूर्ति, अनुगमन तथा उपभोक्ता संरक्षण शाखाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार महालक्ष्मी नगरपालिका–४, इमाडोलस्थित कुशुवाहा स्टोर प्रा.लि., महालक्ष्मी नगरपालिका–६, शीतलहाइटस्थित समृद्धि स्टोर र महालक्ष्मी नगरपालिका–४, शीतलहाइटस्थित श्रीहाङ स्टोर एण्ड स्न्याक्स हाउसलाई जनही पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ।

बिज्ञापन

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम बजार अनुगमन गरी आवश्यक निर्देशन तथा कारबाही गरेको जनाएको छ। अनुगमनका क्रममा ललितपुर महानगरपालिका–१४, खुमलटारस्थित सफ्ट ग्रिन ट्रेडिङ प्रा.लि.लाई माग गरिएका कागजात तथा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख भएको प्याकेजिङको नमुनासहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

त्यस्तै, काठमाडौं र ललितपुरसहित आसपासका विभिन्न क्षेत्रमा रहेका अन्य १६ वटा फर्म तथा पसललाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ। सामान्य निर्देशन पाउनेमा गोकर्णेश्वर नगरपालिका–८, जोरपाटी बेसीगाउँस्थित मां पद्मा ग्यास इन्टरप्राइजेज, काठमाडौं महानगरपालिका–६ स्थित न्यू सेविका भाँडा पसल, ललितपुर महानगरपालिका–१, सानेपास्थित न्यू शुभम स्टोर, ललितपुर महानगरपालिका–३, जावलाखेलस्थित संगीता ग्यास पसल र ललितपुर महानगरपालिका–१३, कुसुन्तीस्थित सुवेदी ग्यास पसल रहेका छन्।

बिज्ञापन

यसैगरी गोदावरी नगरपालिका–११, चापागाउँस्थित हिमश्री स्टोर, महालक्ष्मी नगरपालिका–४, शीतलहाइटस्थित हजुरको किराना घर, महालक्ष्मी नगरपालिका–१, इमाडोलस्थित अनिष स्टोर, महालक्ष्मी नगरपालिका–४, शीतलहाइटस्थित इमाडोल डेली बास्केट प्रा.लि. र श्रीहाङ स्टोर एण्ड लिकर हाउसलाई पनि सामान्य निर्देशन दिइएको छ।

कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा रहेका प्रदीप स्टोर, रोशन एण्ड लक्ष्मी फुट सेन्टर र काठमाडौं फेन्सी पसललाई समेत विभागले सामान्य निर्देशन दिएको छ। त्यसैगरी काठमाडौं महानगरपालिका–१३, रविभवनस्थित गणपति ट्रेडिङ, महानगरपालिका–१४, कुलेश्वरस्थित टिपटप स्वीट्स प्रा.लि. र महानगरपालिका–३२, कोटेश्वरस्थित कोशल ट्रेड पनि अनुगमनको सूचीमा परेका छन्।
विभागले बजारमा वस्तु तथा सेवाको बिक्रीवितरणलाई उपभोक्तामैत्री बनाउन र प्रचलित कानुनको पालना सुनिश्चित गर्न अनुगमनलाई निरन्तरता दिँदै आएको जनाएको छ। उपभोक्ता संरक्षणसम्बन्धी कानुनअनुसार आवश्यक निर्देशन तथा कारबाही गरिएको उल्लेख गर्दै विभागले अनुगमनको विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेको हो।

विभागको यस अनुगमनमा तीन फर्मलाई आर्थिक जरिवाना गरिएको छ भने एक फर्मलाई आवश्यक कागजात तथा प्याकेजिङको नमुनासहित उपस्थित हुन निर्देशन दिइएको छ। अन्य १६ फर्म तथा पसललाई सामान्य निर्देशन दिइएको विवरण सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष