सरकारले थप १४ शाखा अधिकृतहरुको सरुवा गरेको छ । सरुवा भएकामध्ये प्रशासन,राजश्व,इन्जिनियरिङका अलवा नेपाल शिक्षा सेवाका कर्मचारीहरु रहेका छन् ।
सरुवाको सूची अनुसार नेपाल शिक्षा सेवातर्फका इश्वर न्यौपाने,मदन तिमिल्सिना,सुरज थापा शिक्षा तथा खेलकुदबाट सञ्चारमा सरुवा भएका छन् ।
बिज्ञापन
यस्तै,प्राविधिकतर्फका दिपक नाथ श्रमबाट उद्योग,सुर्यप्रकाश जोशी पूर्वाधार विकास कार्यालय,कैलालीबाट पूर्वाधार विकास मन्त्रालय,सुर्दशन हुमागाईलाई उर्जाबाट विज्ञान तथा नवप्रर्वतन,नविन किशोर श्रेष्ठ अख्तियारबाट पूर्वाधार विकास मन्त्रालय,निशा ठाकुर व्यवसायिक तथा सिप विकास प्रतिष्ठानबाट उर्जा मन्त्रालयमा पुगेका छन् ।
यस्तै प्रशासन सेवा सामान्य प्रशासन समूहका द्रुव प्रसाद अधिकारी गृहबाट लगानी वोर्ड,अमर घर्ती वनबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,भूमिबाट नवराज वाग्ले गृह,उद्योगबाट गणेश बस्नेत निर्वाचन आयोग,अख्तियारबाट विष्णु न्यौपाने गृह र राजश्व समूहका दिपक पौडेल वाणिज्यबाट अर्थमा पुगेका छन् । सरुवाको सूची अनुसार राजश्व समूहका १,प्राविधिकतर्फका ५,प्रशासन सेवाका ५,शिक्षा सेवाका तीन जना शाखा अधिकृतहरु सरुवामा परेका हुन ।





























