उस्तै आरोपमा नापीका डिजी मन्त्रालयमा तानिए,भूमि व्यवस्थापनको महानिर्देशकलाई मन्त्रालयकै संरक्षण

उही र उस्तै गडबडी तर विभागीय मन्त्रालयले नापी विभागका महानिर्देशकलाई मन्त्रालयमा तानेको छ भने भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक र टिममाथि कुनै एक्सन लिएका छैन ।

बिज्ञापन

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत नापी विभागले  गत शुक्रवार १०३ जना अधिकृत, ४९८ जना सर्वेक्षक र २५६ जना अमीन गरी आठ सय भन्दा बढी कर्मचारीहरुको सरुवा गर्दा कोही कर्मचारीलाई बर्षौदेखि दुर्गममा सडाइएको,केहीलाई सुगमबाट सुगममा घुमाइएको भन्दै नापी विभागका महानिर्देशक प्रकाश जोशीलाई मन्त्रालयमा तानिएको हो । उनलाई मन्त्रालयमा तानिनुको पछाडि अमिन भिम बहादुर डाँगीको आक्रोशलाई लिने गरिएको छ । जबकी डाँगीले अनलाइन सरुवा प्रणालीबाट आवेदन दिँदा गत भदौं २५ मा सरुवा आवेदन पेश गर्दै प्रथामिकताका आधारमा पाँच कार्यालय छनौंट गरेका थिए । जसमा पहिलो नम्बरमा रामतडी,कोहलपुर,सुर्खेत,लेखनाथ र उपत्यकाभित्रका मालपोत कार्यालयहरु माग गरेका थिए । उनले माग गरे अनुसार,नापी विभागले पहिलो रोजाईको कार्यालय रामतडीमा खटायो,विभागले । विभागका अनुसार,डाँगीको दरबन्दी मिलान उनले रोजे र खोजेकै प्रथामिकता अनुसारको पहिलो रोजाईको कार्यालयमा रामतडीमा भइसकेको छ । तर अहिले उनी नापी विभागको नेतृत्वदेखि मन्त्रीसम्मलाई जोडेर सामाजिक सञ्जालबाट बिष बमन गरिरहेका छन् । त्यही आधारमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले नापी विभागको महानिर्देशक परिवर्तन गरेकी हुन । मन्त्रिस्तरीय निर्णयबाट विभागका महानिर्देशक प्रकाश जोशीलाई मन्त्रालयमा तानेर उनको ठाउँमा ठाउँमा विभागकै उपमहानिर्देशक करुणा केसीलाई जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

उता सरुवा भूमि व्यवस्थापन तथा अभिलेख विभागले गत असोज १५ को निर्णय अनुसार १४९ जना खरिदार,२२७ जना नायब सुब्बा,४१ कम्युटर अपरेटर,२ कार्यालय सहयोगी,४९ भूमि प्रशासन अधिकृत गरी कूल ४२९ जना कर्मचारीहरुको सरुवा गरेको थियो । यसरी कर्मचारीहरुको सरुवा गरिँदा सरुवाको एउटै मापदण्ड नअपनाइएको,पारदर्शी ढंगबाट सरुवा नगरिएको,कोही कर्मचारी १३ बर्षदेखि एउटै कार्यालयमा कार्यरत रहँदा समेत नचलाइएको तर केहीलाई समय अवधि नपुग्दै सरुवा गरिएको बिषय कर्मचारी वृत्तबाट उठ्न थालेको छ ।

सरुवामा आर्थिक चलखेल गरी शुभलाभ बुझाउन सक्ने कर्मचारीलाई आकर्षक मानिने कार्यालयबाट अर्को त्यस्तै आकर्षक कार्यालयमा कर्मचारी पठाइएको, उपत्यकाबाट उपत्याकामै घुमाइएको, लामो समयदेखि एउटै कार्यालयमा बसेका कर्मचारीलाई नचलाइएको,सरुवामा समान मापदण्ड लागू नभएको,अपरादर्शी ढंगबाट सरुवा भएको आवाज र गुनासो मालपोतका कर्मचारीहरुले उठाउँदै आएका छन् ।

बिज्ञापन

जस्तै,किरणकुमार केसीलाई बेलबारी मालपोत कार्यालयबाट काठमाडौँको कलङ्की मालपोत कार्यालय,राजु दाहाललाई धरानस्थित सुनसरी मालपोत कार्यालयबाट भक्तपुर मालपोत कार्यालयमा,वसन्त कार्कीलाई परासी मालपोत कार्यालयबाट पर्सा पठाइएको छ भने प्रकाश श्रेष्ठलाई सर्लाही मालपोतबाट भक्तपुरतर्फ सरुवा गरिएको छ । प्रकाश श्रेष्ठ तिनै कर्मचारी हुन,जस्को सर्लाहीमा दरबन्दी कायम रहे पनि लामो समयदेखि विभागमा बसेर कार्यरत थिए । अहिले भक्तपुर सरुवा भएका छन् । यस्तै, विजय सापकोटालाई डिल्लीबजारबाट नुवाकोटतर्फ सरुवा गरिएको छ। रमेश गुरागाईंलाई महोत्तरीबाट काभ्रेपलाञ्चोक, हरिकृष्ण भण्डारीलाई धादिङ मालपोतबाट काठमाडौँको डिल्लीबजार मालपोत कार्यालयमा सरुवा गरिएको बताइएको छ।

यस्तै,गौरीकान्त भट्टराईलाई नुवाकोट मालपोतबाट साँखु मालपोत, पुष्पराज गुरागाईंलाई भक्तपुर मालपोतबाट विभागमा ल्याइएको छ भने कुमारप्रसाद खतिवडालाई काभ्रेपलाञ्चोकबाट चाबहिलतर्फ सरुवा गरिएको बताइएको छ। यी सरुवालाई लिएर पनि कर्मचारीहरूले प्रश्न उठाएका छन्। यस्तै लक्ष्मीप्रसाद पराजुलीको  रामेछापमा दरबन्दी कायम रहे पनि विभागमा बस्दै आएको र अहिले लगनखेल मालपोत कार्यालयमा पुगेको, हाल रौतहटमा कार्यरत रहेको दीपेन्द्रकुमार खत्रीको विगतमा झापाको चन्द्रगढी मालपोत कार्यालयमा शाखा अधिकृतका रूपमा कार्यरत रहँदा महानिर्देशक योगेन्द्रप्रसाद दुलाल कार्यालय प्रमुख रहेको र त्यही समयदेखि उनीहरूबीच प्रशासनिक चिनजान रहेको कर्मचारीहरूको दाबी छ। यही पुरानो चिनजानलाई आधार बनाएर सरुवामा प्रभाव पारेको नापीका कर्मचारीहरुले बताउँदै आएका छन् । केही नायब सुब्बा तेह्र बर्षदेखि एउटै कार्यालयमा छन् भने केही दुई बर्ष नपुग्दै धपाइएका बिषयले सरुवामा आर्थिक चलखेल भएको आरोप कर्मचारी वृत्तबाटै लाग्ने गरे पनि उस्तै आरोपमा नापीका महानिर्देशक प्रकाश जोशी मन्त्रालयमा तानिएका छन् भने भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक योगेन्द्र दुलाललाई मन्त्रालयकै संरक्षण दिइएको छ ।
कर्मचारीहरुले भूमि व्यवस्थापन तथा अभिलेख विभागले गरेको कर्मचारी सरुवाको निष्पक्ष ढंगबाट छानबिन हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष