कस्तो बन्दैछ ‘टिम गगन’ ?

 

बिज्ञापन

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गतको निर्वाचनको नतिजा आउने क्रम जारी छ । हालसम्मको मत परिणाम अनुसार सभापतिमा गगन थापा निर्वाचित भइसकेका छन् । काँग्रेसको निर्वाचनबाट सभापति निर्वाचित भइसकेका छन् भने दुई पदाधिकारी र एक केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।

बिज्ञापन

सभापतिमा निर्वाचित भएका थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा उनको प्रतिष्प्रर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका थिए। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भइसकेका छन् । यस्तै महिला उपसभापतिमा पुष्पा भुसाल निर्वाचित भइसकेकी छिन् ।

खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी सबैभन्दा अगाडि रहेका छन्। पछिल्लो मत परिणाम अनुसार,चन्द्रकान्त भण्डारी २३४३ मत प्राप्त गर्दा मधु आचार्य १४४१ मत प्राप्त गरेका छन् । यस्तै
गोविन्द भट्टराई १२१९ मत सहित प्रतिष्प्रर्धामा छन् । उता समावेशीतर्फ उपसभापतिमा बिनोद कुमार चौधरी ११४५ मत प्राप्त गर्दा जीवन परियार ११०७ मत प्राप्त गरेका छन् भने खुलातर्फ महामन्त्रीमा
प्रदिप पौडेल २६५७ मत सहित अगाडि छन् उनलाई उदय शम्शेर राणा १४९१ मत सहित र डा सुनिलकुमार शर्मा १३८७ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै महिलातर्फ डा डिला संग्रौला २०३७ मत प्राप्त गर्दा महालक्ष्मी उपाध्याय (डिना) १८३८ र रीता खनाल ४६६ मत प्राप्त गरेकी छिन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल र केन्द्रीय सदस्य महिला (काठमाडौँ उपत्यका)तर्फ डा अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

बिशेष