बागमती प्रदेशकी स्वास्थ्य सचिव डा. सुमित्रा गौतम स्वास्थ्य क्षेत्रको सुधार र संस्थागत विकासमा पुर्याएको योगदानका लागि सम्मानित भएकी छन्। क्रियाशील पत्रकार मञ्च, भक्तपुरले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, सेवा प्रवाहमा सुधार तथा नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तारमा उनले खेलेको भूमिकाको कदर गर्दै सम्मान गरेको हो।
बिज्ञापन
मञ्चले आयोजित कार्यक्रममा डा. गौतमलाई सम्मानपत्र प्रदान गर्दै स्वास्थ्य प्रशासनमा उनको नेतृत्व, व्यवस्थापकीय दक्षता र सेवाग्राहीमैत्री स्वास्थ्य प्रणाली विकासप्रतिको प्रतिबद्धताको प्रशंसा गरेको छ।
बिज्ञापन
विशेषगरी भक्तपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत रहँदा उनले अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन, व्यवस्थापकीय पक्षलाई सुदृढ गर्न तथा संस्थागत क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सम्मानपत्रमा उल्लेख छ। उनको नेतृत्वमा भक्तपुर अस्पतालको सेवा सुधार र संस्थागत विकासमा उल्लेखनीय योगदान पुगेको मञ्चको भनाइ छ।
स्वास्थ्य संस्थाको प्रभावकारिता अभिवृद्धि गर्न नेतृत्वको क्षमता, सेवाप्रतिको उत्तरदायित्व र नागरिकमैत्री कार्यशैली महत्त्वपूर्ण हुने उल्लेख गर्दै मञ्चले डा. गौतमको कार्यसम्पादनलाई सम्मान गरेको जनाएको छ। स्वास्थ्य क्षेत्रमा सुधारका प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यले उनलाई सम्मान गरिएको हो।
बिज्ञापन
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको प्रमुख आतिथ्य तथा क्रियाशील पत्रकार मञ्च, भक्तपुरका अध्यक्ष रमेश गिरी ‘आशा’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. गौतमलाई सम्मानपत्र प्रदान गरिएको थियो।
सम्मानपत्रमा उनको निष्ठा, जिम्मेवारीबोध, कुशल व्यवस्थापकीय नेतृत्व र गुणस्तरीय स्वास्थ्य सेवा विस्तारप्रतिको प्रतिबद्धताले स्वास्थ्य क्षेत्रको संस्थागत सुदृढीकरणमा सकारात्मक योगदान पुर्याएको उल्लेख गरिएको छ।





























