काठमाडौं । प्रेम र विवाहसँग जोडिएका भावना समेटिएको नयाँ गीत ‘बेहुली भएको दिन’ सार्वजनिक भएको छ। लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको गीतको म्युजिक भिडियो सियारा निओ अफिसियल (Sierra Neo Official) युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
बिज्ञापन
पूर्वसचिव तथा एरोनोटिक इन्जिनियर सुरेश आचार्य (सियारा) को शब्द रचना रहेको गीतमा संगीतकार बसन्त सापकोटाले संगीत दिएका छन्। आचार्यका भावनात्मक शब्दलाई खरेलको स्वर र सापकोटाको संगीतले संयोजन गर्दै गीतलाई प्रेम र वैवाहिक सम्बन्धसँग जोडिएका अनुभूतिहरू प्रस्तुत गर्ने प्रयास गरेको छ।
साहित्य तथा संगीत क्षेत्रमा ‘सियारा आचार्य’ नामले परिचित सुरेश आचार्य यसअघि पनि विभिन्न गीति सिर्जनामार्फत श्रोता तथा पाठकमाझ पुगिसकेका छन्। दर्जनौँ गीति एल्बम सार्वजनिक गरिसकेका आचार्यले साहित्यिक लेखनसँगै गीत सिर्जनालाई समेत निरन्तरता दिँदै आएका छन्।
बिज्ञापन
‘बेहुली भएको दिन’ मार्फत विवाहको विशेष क्षण, प्रेम र भावनात्मक सम्बन्धका पक्षलाई गीतमा उतारिएको छ। स्थापित गायक प्रमोद खरेलको स्वर, बसन्त सापकोटाको संगीत र सियारा आचार्यको शब्द संयोजनमा तयार भएको यस गीतले नेपाली सांगीतिक क्षेत्रमा नयाँ प्रस्तुति थपेको छ।





























