नापी विभागले ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । विभागको शुक्रवारको निर्णय अनुसार नेपाल इन्जिनियरिङ सेवा,सर्भे समूहका नापी अधिकृत र सर्भेक्षक गरी ६०१ जना कर्मचारीहरुको एकै पटक सरुवा गरेको हो । विभिन्न नापी कार्यालय,विभागमा कार्यरत रहेका ती कर्मचारीहरुको सरुवा गरिएको विभागले जनाएको छ ।
बिज्ञापन
विभागले नेपाल इन्जिनियरिङ सेवा,सर्भे समूहका १०३ जना नापी अधिकृतहरुको सरुवा गरेको हो । जस अनुसार,अशोक श्रेष्ठ नापी कार्यालय चाबिहलबाट नापी विभाग,आशिष गिरीलाई मकवानपुरबाट कलकी,सिन्धुलीबाट आशिष ज्ञवालीलाई कलकी नापी,उदयपुरबाट इन्द्रकुमार साहलाई धरान,कैलालीबाट इन्द्रबहादुर देउवालाई कोहलपुर,पाँचथरबाट उमेश नेम्बाङलाई झापामा सरुवा गरिएको छ । किशन साहलाई महोत्तरीबाट ढल्केबर,नापी विभागबाट कृष्णदेव सिंह नापी कार्यालय बरहथवा पुर्याइएको छ । यस्तै,कोहलपुरमा कार्यरत रहेका कृष्णप्रसाद ढकाल बर्दिया पुगेका छन् ।
यस्तै विभागले नेपाल इन्जिनियरिङ सेवा,सर्भे समूह,राजपत्र अनंकित प्रथम ४९८ जना सर्भेक्षकहरु सरुवामा गरेको छ ।





























