सङ्घीय संसद् सचिवालयका सात कर्मचारीले राजीनामा दिएका छन् । असोज १६ गतेयताको उक साता दिनमै सात कर्मचारीले राजीनामा दिएको संघीय संसद सचिवालयले जनाएको छ ।
बिज्ञापन
यसरी राजीनामा दिनेमा प्राविधिक अधिकृत सुदर्शन गौतम, मुद्रण अधिकृत राजेन्द्र लामिछाने, प्राविधिक अधिकृत नरेश श्रेष्ठ, शाखा अधिकृत गणेश सिम्खडा, नायब सुब्बा दीपेन्द्र केसी तथा कार्यालय सहयोगीहरू लक्ष्मी गिरी र चिरिकाजी महर्जन रहेका छन् ।
बिज्ञापन
सरकारले निजामती कर्मचारीको सेवा अवधि र उमेर हदसम्बन्धी नयाँ प्रावधानसहितको अध्यादेश ल्याउन लागेको चर्चा चलिरहँदा संसद् सचिवालयका कर्मचारीहरूले सामूहिक रूपमा राजीनामा दिएका हुन् । हाल संसद् सेवाका कर्मचारीहरूका लागि छुट्टै संसद् सेवा ऐन २०६४ कार्यान्वयनमा छ । तर, सरकारले संसदमा दर्ता गरेको प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकको प्रावधान संसद् सेवाका कर्मचारीहरूलाई पनि लागू गराउन लागेको भन्दै उनीहरूले राजीनामा दिएका हुन् ।
यस्का अलवा प्रस्तावित विधेयकको मस्यौदामा कर्मचारीको ३० वर्षे सेवा अवधि पूरा गरेको वा ५५ वर्ष उमेर पुगेकालाई अनिवार्य अवकाशमा पठाउने प्रावधानका कारण एक सातामै सात कर्मचारीले राजीनामा दिएको हुनसक्ने बताइएको छ ।





























