गृह मन्त्रालयले एक सहसचिव र ३१ जना उपसचिवस्तरका कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले असोज १५ र २३ गतेको निर्णयअनुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको हो।
सूची अनुसार,अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई कपिलवस्तु सरुवा गरेको छ । यस अघि पाल्पा हुँदै अर्घाखाँची पुगेका सुवेदी सिडिओ बनेर कपिलवस्तु पुगेका हुन ।
गृहले १२ जिल्लामा नयाँ सहायक प्रमुख जिल्ला अधिकारी खटाएको छ । जस अनुसार, रामचन्द्र लामगादे रमेश घर्तीलाई कास्कीको सहायक प्रमुख जिल्ला अधिकारी,विष्णु प्रसाद बेल्बासेलाई रुपन्देहीको सहायक प्रजिअ,अमृत महर्जनलाई धनकुटाको सहायक प्रमुख जिल्ला अधिकारी,तिर्थराज पौडेललाई झापाको सहायक प्रजिअ,दशरथ राईलाई प्यूठान,चुणामणि पन्थीलाई बर्दघाट सुस्ता पश्चिम,सुर्यदर्शन पण्डितलाई तनहुँको सहायक प्रजिअ,रामदत्त भट्ट बर्दिया,पुष्कर राना मकवानपुर,सुधिर कुमार साह महोत्तरी,विश्वराज नेपाल सिराहा र राजेन्द्र कडेललाई मोरङ गरी एक दर्जन जिल्लामा उपसचिवस्तरका कर्मचारीहरुलाई सहायक जिल्ला अधिकारीको रुपमा खटाइएको छ ।
बिज्ञापन

बिज्ञापन





























