लुम्बिनी प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयको निमित्त प्रदेश सचिवको जिम्मेवारी उपसचिव नारायण प्रसाद पौडेललाई दिएको छ । पौडेललाई आर्थिक तथा प्रशासनिक अधिकारसमेत प्रयोग गर्ने जिम्मेवारी दिइएको छ ।
बिज्ञापन
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धुप्रसाद बास्तोला संघीय मन्त्रालयको पत्रअनुसार अर्थ मन्त्रालयमा सरुवा भएपछि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव पद रिक्त भएको थियो ।
बिज्ञापन
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयका वरिष्ठतम कर्मचारी पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रदेश सचिव भई कामकाज गर्न तोक्ने निर्णय गरेको हो । सोही रिक्त पदमा तत्कालका लागि मन्त्रालयकै वरिष्ठतम उपसचिव पौडेललाई निमित्त सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।
यस्तै मन्त्रिपरिषद् बैठकले गुल्मी अस्पताल, तम्घासमा कार्यरत ११ औँ तहका प्रमुख कन्सल्टेन्ट मेडिकल जनरललिष्ट डा पदमराज अधिकारीको स्वेच्छिक राजीनामा पनि स्वीकृत गरेको छ ।





























